बंगलाचुलीमा सिर्जना शिविर – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बंगलाचुलीमा सिर्जना शिविर

    मा प्रकाशित

दाङ, १८ मंसिर । 

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे आयाेजनामा दाङकाे बंगलाचुली गाउँपालिकाकाे सभाहलमा ‘सिर्जना शिविर’ साहित्यिक कार्यक्रम‌ सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा’समीर’काे अध्यक्षता तथा वरिष्ठ समालोचक प्रा.डा. जगदिशचन्द्र भण्डारीकाे प्रमुख आतिथ्यतामा सन्चालित कार्यक्रममा दाङलगायत देशभरका विभिन्न जिल्लाबाट करिब एक सय पचास जना साहित्यकारहरुकाे उपस्थिति रहेको थियो भने चार दर्जनभन्दा बढी स्रष्टाले आ-आफ्ना रचना वाचन गर्नुभएकाे थियो ।
कार्यक्रममा साहित्यकारहरु हिरामणि दु:खी, राेशनजनक पुरी, मित्रलाल पंज्ञानी, राेशन जनकपुरी, माेदनाथ मरहठ्ठा, बलराम तिमिल्सिना, सीता शर्मा, अनिल श्रेष्ठ,अम्बिका मुडभरी, परशुराम काेइराला, छायादत्त न्याैपाने, शिला याेगी, डा. कृष्णराज डी.सी., डा. हिमलाल पन्थी, गणेष विषम, सूर्य भट्टराई, तेजविलाश अधिकारी, काजी गाउँले, अभि क्षेत्री समर्पण, सन्ध्या रेग्मी, डा.सूर्य क्षेत्री, प्रतीक सङ्ग्रामी, कमलमणि देवकोटा, हिमाल आेली पृथक, खेतुलाल वि.क., साैगात सायर, नारायण नेपाल, क्षितिज मगर, सुशील पुन विरही, सुनिता बुढाथोकी, यज्ञबहादुर डाँगी, कमल सुवेदी, प्रा.श्रीधर अधिकारी, अर्जुन पाैडेल ‘शर’, सन्दीप पाैडेल, मिशन अधिकारी, प्रतीज्ञा चाैलागाई, उमेश अधिकारी, चन्द्रबहादुर थापा, छविकिरण आेली, हुमबहादुर डी.सी. ले रचना वाचन गर्नुभएको थियो।

यसैगरी पद्मप्रसाद शर्मा, नगेन्द्र गरू, हरि पाेख्रेल,छविलाल काेपिला, बिमला डाँगी विकलता, नीमबहादुर थापा, धनसिंह गिरी, हरिप्रसाद पाैडेल स्वर्णशिखा, गिरिजाप्रसाद पन्थी, तिला पन्थी, छमा सुवेदी, दामाेदर पाैडेल, देवेन्द्र रिजाल, प्रमाेद धिताल, नारदप्रसाद भण्डारी, प्रबल बिष्ट, गुरुप्रसाद कुमाल बुलबुल, बिना राेका, गाेपाल भुसाल ‘अभिलासी’, कैलाशचन्द्र घिमिर, गाेपाल वैद्य, संगिता सुवेदी लगायतले रचना वाचन गर्नुभएको थियो भने वाचित रचनाहरुको समीक्षा वरिष्ठ समालोचक प्रा.डा. ताराकान्त पाण्डेयले गर्नुभएको थियो । साे अवसरमा मुलावारी भेडावारी विद्यालयका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कार्यक्रम संयाेजक गीतकार प्रकाशचन्द्र घिमिरेलाई सम्मान पत्र प्रदान गर्नुका साथै अतिथिहरुलाई मायाकाे चिनाे प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा. जगदिशचन्द्र भण्डारी, बंगलाचुली गाउँपालिकाका प्रमुख तुलसीराम पुन ‘सुभाष’, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीले बाेल्दै कार्यक्रम निकै नै प्रशंसनीय भएको कुरा व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्ष दीपक शर्मा’समीर’ले कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

सिर्जना शिविर कार्यक्रममा कार्यक्रम संयाेजक गीतकार प्रकाशचन्द्र घिमिरेकाे स्वागत मन्तव्यबाट सुरू हुनुका साथै धन्यवाद मन्तव्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माले गर्नुभएकाे थियाे भने साे कार्यक्रमको सहजीकरण सचिव प्रकाश के.सी.ले गर्नुभएको थियो ।‌

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्