प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक – Kanika Khabar
Sunday, September 15Nepali News Portal

प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक

    मा प्रकाशित

दाङ, १९ मंसिर ।
प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो ।

दोलखामा प्रतिनिधि सभातर्फ गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की विजयी हुनुभएको छ । उहाँँले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले हराउनुभएको हो । कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८१ मत प्राप्त गर्नु भएको छ ।

यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक एक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्