लागू औषधसहित ५ जना पक्राउ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

लागू औषधसहित ५ जना पक्राउ

    मा प्रकाशित

कैलाली, २० मंसिर ।
कैलालीबाट अवैध लागूऔषधसहित ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित ४ जना रहेका छन् ।

रामपुरबाट खटिएको प्रहरीले कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरमा तलासी गर्दा ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले जारी सूचनामा उल्लेख गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्