खुमवहादुर खड्का स्मृती भलिवल प्रतियोगिता माघ २० गतेदेखि हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

खुमवहादुर खड्का स्मृती भलिवल प्रतियोगिता माघ २० गतेदेखि हुने

    मा प्रकाशित

दाङ,२३ मंसिर । खुमबहादुर खड्का स्मृति दोश्रो भलिबल प्रतियोगीता माघको २० गतेदेखि हुने भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता तथा पूर्वमन्त्री खुमवहादुर खड्काको सम्झनामा दाङका दश वटै पालिकाको सहभागिता प्रतियोगिता हुन थालेको हो ।

जिल्लामा सर्वाधिक राशी रहेको भलिबल प्रतियोगिताको बिजेताले २ लाख २५ हजार रुपैयासहित शिल्ड,प्रमाणपत्र र मेडल जित्ने छ । प्रतियोगिताको उपबिजेताले १ लाख १२ हजार पाँच सय र तृतिय पुरस्कार ५६ हजार २५० र सात्वना स्थान प्राप्त गर्ने टिमले १३ हजार ५ रुपिया प्राप्त गर्ने भलिवल प्रतियोगीता आयोजक समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।

यसैबिच प्रतियोगिता आयोजक मुल समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ । जसअनुसार खेमराज विकको संयोजकत्वमा सुशीला गुरुङ सदस्य रहेको खेल मैदान तथा मञ्च व्यवस्थापन उपसमिति, तिलक रावतको संयोजकत्वमा दिनेश वली, विक्रमशम्शेर महरा, गोमा गुरुङ र दुर्लभ केसी सदस्य रहेको आवास तथा भोजन व्यवस्थापन समिति, विकास बिसीको संयोजकत्वमा बिर्जा चौधरी र लिला खनाल सदस्य रहेको टिम दर्ता तथा प्रशासनिक कार्य व्यवस्थापन समिति, गदुलाल चौधरीको संयोजकत्वमा तिलक रावत र रेख वहादुर रावत सदस्य रहेको पुरस्कार व्यवस्थापन समिति गठन गरिएको छ ।

त्यस्तै मुल समितिको बैठकले केदारराज श्रेष्ठ संंयोजक र शिब श्रेष्ठ र दिपकपुन सदस्य रहेको प्राविधिक व्यवस्थापन समिति र सन्तोष सुवेदीको संयोजकत्वमा सूचना, सञ्चार तथा समन्वय समिति गठन गरेको छ । बैठकले जिल्ला भरका भलिबल खेलाडीहरुलाई प्रतियोगितामा सहभागिहुन सम्बन्धीत क्षेत्रको पालिकामा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

लुम्बिनी प्रदेशमै सबैभन्दा ठूलो राशीको भलिबल प्रतियोगीता दाङमा सुरु हुन लागेकाले त्यस्को तयारीमा लाग्न पालिकाहरुलाई पनि बैठकले अनुरोध गरेको छ । बैठक मुल समितिका संयोजक राजु आचार्यको अध्यक्षताएवं नेपाली काग्रेस दाङका सभापती शंकरप्रसाद डाँगीको प्रमुख आथित्यतामा बसेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्