आन्तरिक पर्यटकको रोजाइ बन्दै ‘ज्यामिरे दह’ – Kanika Khabar
Friday, April 19Nepali News Portal

आन्तरिक पर्यटकको रोजाइ बन्दै ‘ज्यामिरे दह’

    मा प्रकाशित

घोराही, २४ मंसिर । दाङको पर्यटकको गन्तव्यको रूपमा रहेको ज्यामिरे दहमा पछिल्लो समय आन्तरिक पर्यटकहरको चहलपहल बढ्दै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो । सानो पोखरीका रुपमा रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन जसो आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

अन्य दिनमा भन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका बिरजङ पुनले बताउनुभएको छ । जंगलको बिचमा रहेको सुन्दर पर्यटकिय गन्तव्यकारुपमा रहेको तालममा जिल्लाभित्रसँगै बाहिरबाट समेत घुम्न आन्तरिक पर्यटकहरु आउने गरेको पुनले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय दैनिक सरदर ५० देखि १०० जनासम्म घुम्न मानिसहरु आउने गरेको छन् । मंसिरदेखि बैशाख महिनासम्म बढी भिड हुने गरेको उहाँको भनाई छ । विगत तीन बर्षदेखि ज्यामिरे दहमा डुङ्गा चलाउँदै आउनुभएका पुनले डुगा चलाएरै मासिक १५–२० हजारसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।

सानो पोखरीका रुपमा रहेको ज्यामिरे दहलाई विस्तार गरी पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दै डुङ्गा सञ्चालन गरिएपछि चहलपह बढ्दै गएको डुंगा चालक पुन बताउनुहून्छ । ‘पहिलो सानो पोखरीका रुपमा रहेको थियो । तर पछि विस्तार गरेर ठुलो बनाएर डुंगा संचालन गरेपछि चहलपह बढ्दै गएको छ’,उहाँले भन्नुभयो,‘पछिल्लो समय दहको अवलोकनसँगै डुंगामा सयर गर्न समेत मानिसहरु आउने गर्नुहुन्छ ।’ उहाँका अनुसार पछिल्लो समयमा डुङ्गा सवार गर्ने, पौडी खेल्ने र पिक्निक खानका लागि दैनिक रूपमा मानिसहरु आउने गर्नुहुन्छ ।

डुंगामा चढ्नका लागि एक जनाको ५० रूपैयाँ टिकटको व्यवस्था गरिएको छ । डुङ्गामा घुम्नका लागि १५ मिनेटदेखि ४० मिनेटसम्म लाग्ने गरेको चालक पुन बताउँनुहुन्छ । दहमा थप आकर्षण बनाउनका लागि थप पूवाृधार आवश्यक रहेको बताउनुभयो । ‘सानो पोखरीलाई विस्तारसँगै डुंगा राखेर पर्यटक तान्ने काम भएको छ’,उहाँले भन्नुभयो,‘यसले ज्यामिरे दहमा चहलपहल बढेको छ । थप चहलपहलका लागि बाख्रकुने दहदेखि ज्यामिरेसम्म पुग्नका लागि निर्माणधिन अवस्थामा रहेको सिढीसँगै रेलिङको काम पुरा गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

च्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै व्यापार समेत हुन थालेको छ । घोराही उपमहानगरपालिका वडा नं १३ कलमघारी निवासी गीता नेपालीले ४ वर्षदेखि ज्यामिरे दह नजिकै व्यापार गर्दै आउनुभएको छ । ेज्यामिरे दहलाई पर्यटकिय रुपमा विकास गरेपछि व्यापार व्यवसाय समेत वृद्धि भएको उहाँ बताउनुहुन्छ । ‘सानो पोखरीका रुपमा रहेको दहलाई विस्तारसँगै व्यवस्थित गरेपछि चहलपहल बढेको छ । व्यापारपनि राम्रो भएको छ’,व्यवसायी नेपालीले भन्नुभयो,‘अव पोखरीसँगै च्यामिरेमा रहेको सानो मन्दिरलाई समेत व्यवस्थीत गर्न आवश्यक छ । घुम्न आउनेका लागि आराम गर्ने विश्रामस्थल निर्माण गर्न आवश्यक छ ।’

दहको विकासका लागि विश्रामस्थलसँगै खानेपानी, हिड्नलाई सहजताका लागि सिढी निर्माणलगायतका काम हुन आवश्यक रहेको अर्का स्थानीयबासी टीकाराम गिरी बताउँनुहुन्छ । प्रतीक्षालय नहुँदा घाम तथा पानी पर्दा घमफिरका लागि गएका मानिसहरुलाई समस्या हुने गरेको छ । ‘खानेपानीको सुविधा नहुदा घुम्न जानेलाई किनेर मिनिरल वाटर लग्नुपर्ने बाध्यता छ’,स्थानीय गिरीले भन्नुभयो,‘ज्यामिरे दहमा व्यवस्थीत खानेपानीको सुविधा भए घुम्न जानेका लागि सहजता हुने थियो ।’ दाङ जिल्लाकै प्रसिद्ध धार्मिकस्थल बाह्रकुने दहसँग जोडेर ज्यामिरेलाई विकास गर्न सके जिल्लाभित्रसँगै जिल्लाबाहिरका घुम्न आउने मानिसहरका लागि राम्रो पर्यटकिय गन्तव्य हुन सक्ने स्थानीयवासीको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्