प्याब्सन दाङको ३२ औँ साधारण सभा सम्पन्न – Kanika Khabar
Thursday, June 12Nepali News Portal

प्याब्सन दाङको ३२ औँ साधारण सभा सम्पन्न

    मा प्रकाशित

No description available.दाङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन दाङ शाखाको ३२ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी ३२ औँ साधारण सभा सम्पन्न गरिएको हो ।

प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले शैक्षिक गुणस्तरमा लागि निरन्तर लागिरहनुपर्ने बताए । उनले भने, ‘निजी विद्यालयले शैक्षिक गुणस्तरमा लिएको उचाइलाई कायम गर्न सबै सदस्य विद्यालयहरुलाई आग्रह गर्दछु । यसका लागि प्याब्सन सधैं तपाईंहरुको साथमा छ ।’

 

त्यस्तै सभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि तथा प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सल्लाहकार नारारण अधिकारीले प्याब्सनलाई सामाजिक क्षेत्रमा अझ बलियो उपस्थिति जनाउन सुझाएका थिए ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, कोषाध्यक्ष अमर सुवेदी, प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशमबहादुर बुढा, प्याब्सन दाङका वरिष्ठ सल्लाहकार शरदकुमार शर्मा, प्याब्सन लुम्बिनी प्रदेशका सदस्य बासुदेव रिजाल, प्याब्सन घोराहीका अध्यक्ष बीरेन्द्र चन्द, प्याब्सन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगी, प्याब्सन लमहीका अध्यक्ष नारायण भुसाल, प्याब्सन राप्तीका अध्यक्ष शोभाखर भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्याब्सन दाङका सचिव आदिम केसीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पोषण न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष विजयमान जिएमको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्