काठमाडौ,२६ मंसिर ।
राष्ट्रिय मानव अधिकार आयोगमा हालसम्म १३ हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । आयोग स्थापना भएदेखि सन् २०२२ को जुनसम्म १३ हजार १ सय ८ उजुरी दर्ता भएका हुन् । दर्ता भएका उजुरीमध्ये ८ हजार ८ सय ३२ उजुरीको सुनुवाइ भएका छन् भने उजुरी मध्ये ४ हजार २ सय ७६ उजुरी सम्बोधन हुन सकेको छैन । राष्ट्रिय मानव अधिकार आयोगका संरक्षण विभाग प्रमुख दिपक कार्कीले सुनुवाइ नभएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धीत रहेको जानकारी दिनुभयो ।
द्वन्द्वसँग सम्बन्धीत उजुरी धेरै पुरानो भएकाले उजुरीकर्ता वा प्रभावित सम्पर्कमा नआउने, कतिपय उजुरीको प्रमाण समेत लोप भइसकेका कारण उजुरीको समाधान गर्न नसकिएको कार्कीको भनाइ छ । आयोगमा दर्ता भएका सबै उजुरीको फछ्र्यौट गर्न प्रमाण नपुगेका केही अपुरो उजुरीलाई तत्कालका लागि तामेलीमा राख्ने तयारी भइरहेको छ । तामेलीमा राखिएका उजुरीको प्रमाण फेला परेमा पुनः ब्युताउन सकिनेछ ।