राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण सङ्कलन – Kanika Khabar
Thursday, March 20Nepali News Portal

राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण सङ्कलन

    मा प्रकाशित

मोरङ ।
राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको थियो ।

 

बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर महानगरपालिकाबाहेक सबै पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पन्न भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार देशभरका ३५ जिल्लाका ९६ लाखको विवरण सङ्कलन भइसकेको छ ।

मोरङको बेलबारी नगरपालिकामा आज आयोजित राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र निकै महत्वपूर्ण हुने भनिएकाले यस्तो अभियानमा सरिक हुन आग्रह गरे ।

उनले जिल्ला प्रशासन कार्यालयमा दैनिक सात सय मानिसलाई राहदानी, सिफारिस, नागरिकता तथा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्