मा प्रकाशित
दाङ ।
तुलसीपुर घोराही सडक खण्डको पर्सेनीका २ वटा मोटरसाइकल ठोक्किदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकल चालक सल्यानको बागचौर नगरपालिका १० कालाखेत निवासी ३० वर्षका ठाकुर केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा५प १००२ र विपरित दिशाबाट आइरहेको रा५प८६९५ नम्बरको मोटरसाइकल प्रसेनीमा ठोक्किएका थिए ।