घोराहीमा बसको ठक्करबाट युवतीको मृत्यु , युवक घाइते – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

घोराहीमा बसको ठक्करबाट युवतीको मृत्यु , युवक घाइते

    मा प्रकाशित

८ पुस, घोराही –
दाङको घोराहीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्। घोराही तुलसीपुर सडक खण्डअन्तरगत घोराही उपमहानगरपालिका १६ सर्रामा बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी १९ वर्षीया युवतीको मृत्यु भएको हो। उनको परिचय खुलेको छैन।

मोटरसाइकल चालक दंगीशरण गाउँपालिका ७ का १७ वर्षीय क्रिश खड्काको अवस्था भने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजन कुमार गौतमले जानकारी दिए। उनको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

शुक्रबार साढे ४ बजे तुलसीपुरबाट घाराही तर्फ आइरहेको रा १ ख २३७५ नम्बरको बसले तुलसीपुर तर्फ जाँदै गरेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्