दाङमा बङ्गुरको बजारीकरणमा समस्या – Kanika Khabar
Sunday, September 15Nepali News Portal

दाङमा बङ्गुरको बजारीकरणमा समस्या

    मा प्रकाशित

चन्द्रप्रकाश नेपाली
दाङ, ९ पुस ।
दाङमा ब्यावसायिक रुपमा पालिएका बङ्गुरको बजारीकरणमा समस्या देखिएको छ । आर्थिक मन्दिको मार खेपिरहेका किसान पालिएका बङ्गुर विक्री नभएपछि ब्यबसायबाटै पलायन हुने अबस्थामा पुगेका छन् ।

विगतमा पालेको बङ्गुर विक्री नहुने समस्या नभएपनि यसपाली बङ्गुरपालन ब्यावसायबाटै बिस्थापित हुने अबस्था आएको बङ्गुर पालक किसान सुसिला गुरुङले बताउनुभयो । पहिले किसानहरूले बङ्गुर पालेर राम्रै आम्दानी गर्ने गरेका थिए । तर अहिले बङ्गुर पालेकै कारण ऋण लागेको छ ।

बङ्गुर पाल्ने किसान धेरै हुँदा पाठापाठीको बिक्री हुन छाडेको छ भने, व्यापारीले मासु लैजान नमाल्दा दानाका रुपमा प्रयोग हुने भुषको खर्च उठाउनै मुस्किल भएको छ ।दाङमा करिब १२ सय किसान बङ्गुर पालन ब्यबसायमा छन् । उनीहरु सबैको समस्या उस्तै छ । मासुका लागि तयार भएका बङ्गुर विक्री नहुँदा आफुहरु समस्यामा परेको बङ्गुर ब्यबसायी संघ दाङका सचिव तुल्सीराम बुढाले बताउनुभयो ।

जिल्लामा माग भन्दा उत्पादन धेरै भएपछि बङ्गुर विक्री हुन छाडेको किसानहरु बताउँछन् । बङ्गुर पाल्नका लागि प्रोत्साहन गर्ने सरकारले बजारको खोजीमा भने कुनै काम गरेको छैन । जसले दाङमा करिब ९ करोड मूल्य बराबरको बङ्गुर विक्री गर्न सकिएको छैन । घोराही उपमहानगरपालिकाका उपप्रमूख हुमा कुमारी डिसीले पालिकाले बङ्गुर बिक्रिको लागि पहल गरिरहेको बताउनुभयो । बङ्गुर पालक किसान धेरै भएको तर माग कम भएकाले बिक्रीमा समस्या भइरहेको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्