मा प्रकाशित
फ्रान्सको राजधानी पेरिसको कुर्द सांस्कृतिक केन्द्रमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । गोली लागेर अरु तीन जना घाइते भएका छन् ।
बन्दुकधारीहरूले हिजो अन्धाधुन्ध गरेको आक्रमणका कारण राजधानीको व्यस्त सडकमा समेत प्रभाब परेको थियो भने, पसल तथा क्याफेमा बसिरहेकाहरू आत्तिएका थिए । राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सको कुर्दहरूलाई लक्षित गरी भएको आक्रमणको निन्दा गर्नुभएको छ ।