कोरोनाको नयाँ भेरिएन्टको जोखिम बढेकाले सावधानी अपनाउन सरकारको आग्रह – Kanika Khabar
Sunday, April 27Nepali News Portal

कोरोनाको नयाँ भेरिएन्टको जोखिम बढेकाले सावधानी अपनाउन सरकारको आग्रह

    मा प्रकाशित

दाङ, ९ पुस ।
कोरोना भाइरसको नयाँ भेरियन्ट (बीएफ ७) नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन सरकारले आग्रह गरेको छ ।

अहिलेसम्म नेपालमा यो भेरिएन्ट पुष्टि नभएपनि छिमेकी मुलुकहरूमा सङ्क्रमण देखिएकाले जोखिम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खुला सीमाना र मानिसहरूको आवतजावतका कारण नेपालमा पनि यो भेरिएन्ट फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले आज विज्ञप्ति जारी गर्दै सजगता अपनाउन आग्रह गर्नुभएको छ ।

इसाई धर्माबलम्बीहरुको चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भीडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न उहाँले विज्ञप्तीमार्फत आग्रह गर्नुभएको छ ।

कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकी रहेकाहरूले पनि छिटो खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्