इन्टरनेटको माध्यमबाट प्रेस स्वतन्त्रता हननका घटना बढेको पत्रकार महासङ्घको निष्कर्ष – Kanika Khabar
Sunday, September 15Nepali News Portal

इन्टरनेटको माध्यमबाट प्रेस स्वतन्त्रता हननका घटना बढेको पत्रकार महासङ्घको निष्कर्ष

    मा प्रकाशित

सुर्खेत, ९ पुस ।
नेपाल पत्रकार महासंघले इन्टरनेटको माध्यमबाट प्रेस स्वतन्त्रता हननका घटना बढेको भन्दै यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा दुई दिन भएको महासंघको साधारणसभाले इन्टरनेटको माध्यमबाट भएको प्रेस स्वतन्त्रता हननको घटना नयाँ चुनौतीको रुपमा देखिएको निश्कर्ष निकालेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा सञ्चार माध्यमलाई अनलाइक, अनफलो गर्नेदेखि अनलाइन सञ्चारमाध्यमको सीएमएसमा अनधिकृत प्रवेश गरेर समाचार सामग्री हटाउनेसम्मका घटना भएको भन्दै महासंघले यसतर्फ सचेत हुन आग्रह गरेको छ । १५ बुँदे सुर्खेत घोषणापत्रमा महासंघले सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आह्वानसमेत गरेको छ ।

महासंघले अघिल्लो प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिल, सूचना प्रविधि, सार्वजनिक सेवा प्रशारणसहितका सञ्चारसम्बन्धी विभिन्न काुनन निर्माण हुन नसक्नु दुखद रहेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकुल विद्यमान कानुनमा पनि सुधार नभएकामा असन्तुष्टि जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्