शिक्षा क्षेत्रमार्फत देश विकासमा समर्पित छौँ : अध्यक्ष बुढा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

शिक्षा क्षेत्रमार्फत देश विकासमा समर्पित छौँ : अध्यक्ष बुढा

    मा प्रकाशित

No photo description available.दाङको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदानगर्दै आएको घोराहीमा रहेको गोरखा स्कुलले पछिल्लो समय गोर्खा ग्रुप स्थापना गरी जिल्लाको घोराही, तुलसीपुर, लमही र लालमटियामा पनि शैक्षिक गतिविधि संचालनगर्दै आएको छ । हाल सबै स्थानका विद्यालयमा गरी यहाँ करीव ९ हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा १२ सम्म विज्ञान र व्यवस्थापन तर्फका कक्षा संचालन गर्दै आएको विद्यालयले शैक्षिक र अतिरिक्त कृयाकलापमा पनि आफुलाई प्रमाणित गर्दै लगेको छ ।

शिक्षा क्षेत्रमा केहीगर्न सकिन्छ भन्ने उद्देश्यका साथ संचालनमा रहेका गोर्खा ग्रुपले संचालन गरिरहेको गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले यही पुस १७ गते आफ्नो रजतजयन्ती भव्य रुपमा मनाउँदैछ । २५औँ वार्षिकोत्सव मनाउन लागेको अवसरमा गोर्खा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढासँग गरिएको शैक्षिक कुराकानीको सार संक्षेप ।

दाङको शिक्षा क्षेत्रमा कसरी शुरुवात गर्नु भएको थियो ?

शिक्षा क्षेत्रमा केही गरौँ भनेर थालिएको अभियानहो । यसमा हामी शिक्षाबाट समाजमा केही गर्न सकिन्छ भनेर अभियान अन्तरगत काम गरिरहेका छौँ । यसो हेर्दा सैनिकहरुबाट मात्रै काम अघि बढाईएको जस्तो देखिन्छ तर सैनिकलगायत देश तथा देशभन्दा बाहिर रहेकाहरुको समुहको समन्वयमा शिक्षामा लगानी गरेर काम गरिरहेका छौँ । जसको परिकल्पना २५ वर्ष अघि मैले गरेको हुँ ।
पहिले त गोरखा स्कुल घोराहीमामात्रै थियो, अहिले जिल्लाका तुलसीपुर, लमही अनि लालमटियामा पनि संचालनमा छ । संस्थाले संगठनात्मक रुपमा कसरी काम गरिरहेको छ ?

पहिले घोराहीमा मात्रै संचालनमा रहेको गोरखा ईन्टरनेशनल पब्लिक स्कुल थियो । यसलाई संचालन गर्न सिमित व्यवस्थापनबाट सम्भव थियो । शिक्षाको पहुँच जिल्लाका सबै ठाउँमा पुर्याउनु पर्छ भनेर हामीले केही नयाँ काम गर्ने योजनाका साथ तुलसीपुर, लमही र लालमटियामा शाखाका रुपमा विद्यालय खोल्योँ, यसो गर्दा संस्थाको न्युनतम ५१ प्रतिशत र शैक्षिक क्षेत्रमा केही गर्न सकिन्छ भन्ने हुटहुटी बोकेका शैक्षिक व्यक्तिहरुबीच सहकार्य गरेर हामीले शिक्षा क्षेत्रमा केही नयाँ गरौँ भनेर लागेका छौँ । धेरै ठाउँमा विद्यालय खुलेपछि यसलाई सन्तुलित रुपमा संचालन गर्न गोर्खा ग्रुपको परिकल्पना गरेका हौँ । सोहीअनुरुप, अहिले गोर्खा ग्रुपले यसलाई एकीकृत रुपमा संचालन गर्दै आएको छ ।

गोर्खा ग्रुपले शिक्षामा के के काम गरिरहेको छ ?

मुलतःगोर्खा ग्रुप शिक्षा क्षेत्रमा काम गर्न प्रतिवद्ध छ। हाल चार वटा स्कुल संचालनमा छन्, कलेज पनि चलाएका छौँ । पोखरा युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरि कलेज थालनी भईसकेको छ । भिक्टोरिया कलेज यसैको उदाहरण हो । अब कृषि कलेज खोल्ने योजना हो ।

शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल अरु क्षेत्रमा जस्तो हुदैन, यसमा धैर्यता र निरन्तर मेहनत चाहिन्छ, साच्चै नतिजा आउन थाल्यो है भन्ने थाहा पाउन कति समय लाग्यो ?

पक्कै पनि यो अरु क्षेत्र जस्तो होइन, यसमा हरेक दिन गरिएको कामको समीक्षा जरुरी छ । गुणस्तरीय शिक्षा प्रदान गर्न दक्ष शिक्षक, चुस्त व्यवस्थापन अनि स्पष्ट योजना चाहिन्छ । स्कुल स्थापना भएको १२ वर्षसम्मको निरन्तरको प्रयासपछि हामीले गरेको कामले १२ वर्ष नतिजा पाउन सक्यो । त्यति बेला हामीलाई निकै हर्ष थपिएको थियो भने जिम्मेवारी पनि ।

एसएलसीसम्मको पढाईलाई प्लस टु विज्ञानसम्म पुर्यायोँ । बाहिरी विश्वास आर्जन गर्दै गयोँ, त्यसपछि हामीलाई काम गर्न थप सहज भयो । हामीले शिक्षामा लगानी गरेर देशका लागि केही गरौँ भन्ने ध्येय राखेका छौँ । धन पैसा कमाउने हाम्रो लक्ष्य होईन, पैसा कमाउन त अरु पेशा व्यवसाय पनि छन् । हामीले शिक्षा प्राप्त गर्ने सही थलो निर्माण गरेका छौँ । जसले गर्दा आज यस क्षेत्रमा हामीमाथि अभिभावकहरुको भरोसा रहेको छ ।

२०५५ सालमा स्थापना भएको गोरखा स्कुल २५ वर्षमापुग्यो, कसरी रजत जयन्ती मनाउँदैछ ?

हामीले रजत जयन्ती साताव्यापी कार्यक्रमका साथ मनाईरहेका छौँ । जनवरी १लाई स्थापना दिनको रुपमा लिईएकाले यो दिन हाम्रो लागि विशेष हो । अभिभावक दिवसका साथ २५ वर्षे समीक्षा गर्छाैं । किनभने जतिबेला हामीले दाङमा स्कुल स्थापना गर्दै थियौँ त्यो बेलामा शिक्षाबाट चेतना जगाउनु निकै चुनौति थियो । देशमा सशस्त्र द्वन्द्वको जगजगी थियो ।

शिक्षा धरासयी बनेको बेलामा हामीले यो अभियान अघि बढाउने संकल्प लिएका थियो । अझभन्ने हो भने बल्दै गरेको आगोमा हाम फालेको जस्तै थियो हाम्रा लागि । जहाँ समस्या त्यहाँ समाधान हुन्छ भन्ने मेरो बुझाई छ । मेरो फिल्डले रिस्क म्यानेजमेन्ट बारे सिकाएको थियो त्यसैले त्यो बेलामा सुझबुझका साथ व्यावसायिक सक्षमता, राजनीतिक दृष्टिकोण सकारात्मक बन्दै गयो र अभियान सफल पनि भयो ।

रजतजयन्ती कसरी मनाउने तयारी भएको छ ?

जनवरी १तारिख विद्यालयको जन्म दिन हो ।फाउन्डर्स डे, अभिभावक दिवससँगै रजत जयन्ती विशेष रुपमा मनाउने तयारी भएको छ। त्यसैका लागि सप्ताहव्यापी कार्यक्रम भईरहेको छ । यसकै जगमा शाखा स्कुलमा पनिअतिरिक्त कृयाकलाप भईरहेका छन् ।

तुलसीपुरले स्पोर्ट्स कार्यक्रम सम्पन्नगर्याे, घोराहीमापनिभईरहेको छ, लमही र लालमटियामा पनिभईरहेका छन् । यही बेलामाहाम्रो वार्षिक साधारणसभा हुन्छ । स्कुलहरुको साधारणसभासँगै गोरखाग्रुपको पनि साधारणसभा हुनेछ ।

उक्त दिन के गर्नुहुन्छ ? 

शिक्षक विद्यार्थीहरुको कार्यक्रम हुन्छ । अर्काे कुरा २५ वर्ष अध्यक्ष भएर सम्हाले त्यसको बारेमा धारणा राख्नेछु । यहाँसम्म ल्याउन सघाउनेलाई सम्मान हुनेछ।स्कुलका संरक्षक, प्रमुखअतिथिलगायत शैक्षिक उन्नयनमा सघाउनेलाई सम्मान हुनेछ । शिक्षाप्रेमी, शुभचिन्तक, अभिभावकहरुका सल्लाह सुझावलाई मनन् गर्ने दिनका रुपमा पनि रजत जयन्तीलाई लिएका छौँ ।

अबको योजना कस्तो छ त ?

हामीसँग विद्यार्थीको संख्या ९ हजार छ । हजारौँलाई पास आउट गरिसकेका छौँ । गोरखा स्कुलबाट पास आउट भएर जानेहरु विभिन्न क्षेत्रमा सफल भएका छन् । मेडिकल, पारामेडिकल, बैंकिङ, सेना, प्रहरी, निजामती सेवा, शिक्षालगायत धेरै क्षेत्रमा सफलता पाएका छन् । अहिले हामीले प्रदान गर्दै आएको शिक्षाको लगानीको अन्तिमप्रतिफल देशमै देखिनुपर्छ भन्ने तर्फ सोचिरहेका छौँ ।
किनभने,वर्तमान अवस्थामा युवा जनशक्ति नेपालमा खपत गराउन चुनौति छ ।

हामीले उत्पादन गरेको जनशक्तिबाहिरी देशमा जाँदा दु:ख लाग्छ । अब यो जनशक्तिलाई यही रहने गरि अघि बढ्ने गरि के गर्न सकिन्छ भनेर योजना बनाउन लागेका छौँ भने अर्काे तर्फ बाहिर कमाउन जानेलाई देशमा लगानी गर्न उत्प्रेरित गरिरहेका छौँ । जसको उदाहरण हामीबनेका छौँ । यो गोर्खाजहरुको मात्रै प्रयास होईन, यहाँ देश बाहिर रहेर अरु क्षेत्रमा काम गर्नेहरुको पनि लगानी छ । विदेशमा कमाएर स्वदेशमा लगानी भएको छ । यो नमुना हामीले देखाई सकेका छौँ । मसँग त अर्काे प्रोजेक्ट पनि छ । त्यसमा देशभरका ६२ जिल्लाका सेयर धनी छन् । जुन रिडी ग्रुपहो ।

अर्काे तर्फ किताबी ज्ञानले मात्रै विद्यार्थीको सिकाई पूरा हुँदैन यसका लागि व्यवहारिक शिक्षाआवश्यक पर्छ, त्यसैले हामीले अब प्रविधि र अभ्यासलाई सार्थक बनाउन नर्सरीदेखि नयाँ ढंगले अघि बढाउन विज्ञसँग परामर्श गर्दै शिक्षण सिकाई थालनी गरेका छौँ । यसमा सिपिए, सिपिआरएस विधि रहेका छन् । यो मन्टेश्वरी विधिभन्दा परिस्कृत छ ।

नर्सरीदेखि ५ कक्षासम्म सिपिए र ६ कक्षादेखि १२ सम्म परियोजनामा आधारित शैक्षिक कृयाकलाप गर्दै आएका छौँ। पढाईको गुणस्तर सुधारका लागि नयाँ विधि भित्र्याउने योजना अनुरुप कामगर्दै आएको हुँदा हाम्रो बालबालिका जिल्लामा मात्रै नभई ग्लोबली उपयुक्त ठहरिने गरेका छन् ।
अर्को कुरा, अभिभावकहरु सबै शिक्षित हुनुहुन्न, धनीहुनुहुन्न । सबै अभिभावकहरुको चाहना गुणस्तरीय शिक्षा सन्तानलाई दिने हुन्छ। त्यसमा सबैलाई समेट्न नसकेको दुख लाग्छ तर धेरै हदसम्म कोशिस गरेका छौँ र छात्रवृत्ति दिएर शिक्षा प्रदान गर्दै आएका छौँ । सबैलाई हामीले समेट्न नसकेको बेला अरु ठाउँमा विद्यालयले सघाउने गर्नुभएको छ । देशको शिक्षा उकास्ने अभियानमा हामी छौँ, र यो अभियानमा सबैको रचनात्मक साथ छ ।

अबको नेतृत्व पनि तपाईंबाट नै हुने हो ?

मैले २५ वर्षसम्मनिरन्तर रुपमा नेतृत्वगर्दै संस्थालाई यहाँसम्म ल्याएको छु । स्कुलको आगामि नेतृत्व साथीहरूबाट हुनुपर्छ भन्ने मेरो सोँच छ । म बिना नै अभियान रोकिन्छभन्ने लाग्दैन, यसकालागि अरु साथीहरू पनितयार हुनुहुन्छ । सबै मिलेर संस्थाबलियो बनाउन अघि बढ्ने हो ।

अन्त्यमा केही भन्नु छ ?
स्कुल स्थापना भएदेखि काम गर्दा सबै तह र तप्काबाट सहयोग पाएको छु, यो मेरा लागि अहो भाग्य पनि हो । जसले गर्दा दाङमा शिक्षा क्षेत्रमा अरु विद्यालय फरकपन दिदै उत्कृष्ट शिक्षा प्रदान गर्न सफल भएका छौँ । विद्यार्थीहरुको आशा बनेका छौँ, अभिभावकहरुको भरोसा बनेका छौँ ।
यो अभियानमा धेरै वुद्धिजिवी, शुभचिन्तक र अभिभावकहरुको साथ छ । उहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि यसैगरी साथ र सहयोगको अपेक्षा छ भने समय सुहाउँदो शिक्षाका लागि हाम्रो तर्फबाट पनि पूर्ण प्रतिवद्धता छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्