अर्धवार्षिक परीक्षाकाे समीक्षा कार्यक्रम सम्पन्न – Kanika Khabar
Friday, April 19Nepali News Portal

अर्धवार्षिक परीक्षाकाे समीक्षा कार्यक्रम सम्पन्न

    मा प्रकाशित

देविराम कुसारी
भाेजपुर, पुस २६ ।

बाल मितेरी उच्च मावि तुलसीपुर १३ भाेजपुरमा अर्धवार्षिक परीक्षा समीक्षा कार्यक्रम मंगलवार (आज) सम्पन्न भएकाे छ ।
वडा स्तरीय परीक्षा समितिका संयाेजक एवं भाेजपुरका प्रधानाध्यापक ओमप्रकाश वलीकाे अध्यक्षतामा भएकाे कार्यक्रमका सहभागीले समग्र शिक्षाकाे विकासका लागि वडाका सबै विद्यालयका विचमा सहकार्य आवश्यक रहेकाे बताएका थिए ।

तुलसीपुर उप-महानगरपालिकाका उप-मेयर स्यानी चाैधरीकाे प्रमुख आथित्यता रहेकाे कार्यक्रममा तुलसीपुर १३ का वडा अध्यक्ष शंकर खड्का, शिक्षक महासंघ दाङ अध्यक्ष अम्मर खड्काले शिक्षामा सुधार ल्याउन वडा, विद्यालय र अभिभावकका विचमा समन्वय हुनु पर्ने बताउनु भयाे । अधारभूत विद्यालय खाैसापुरका प्रधानाध्यापक गणेश केसीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण शिक्षक सन्ताेष परियारले गर्नुभएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्