प्याब्सनकाे भूमिका प्रभावकारी बनाउनुहाेस् : अध्यक्ष ढुङ्गाना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्याब्सनकाे भूमिका प्रभावकारी बनाउनुहाेस् : अध्यक्ष ढुङ्गाना

    मा प्रकाशित

रूपन्देही, २९ पुस ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालका अध्यक्ष डिके ढुङ्गानाले प्याब्सनकाे भूमिका प्रभावकारी बनाउन अपील गरेका छन् । रूपन्देहीमा आयाेजित प्याब्सन लुम्बिनी प्रदेशकाे लुम्बिनी प्रदेश परिषद् भेलालाई सम्बाेधन गर्दै अध्यक्ष ढुङ्गानाले प्याब्सनकाे भूमिकालाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । `संस्थागत विद्यालयकाे छाता संगठन प्याब्सनले नीतिगत सङ्घर्ष गर्दै संस्थागत विद्यालयलयकाे संरक्षण गरेकाे छ । संस्थागत विद्यालयलाई विगतमा जस्ताे कठिनाई नभए पनि त्यति सहज छैन । संस्थागत विद्यालयका पक्षमा नीति नियम निर्माण र कार्यान्वयन गर्न अझै सरकारलाई घचघचाउन आवश्यक छ । ´ उनले भने, ` संस्थागत विद्यालयकाे एकता अबकाे आवश्यकता हाे । यसका लागि हामीले प्रभावकारी रूपमा काम गर्ने बेला आएकाे छ । यसका लागि हामी दत्तचित्त भएर लाग्न आवश्यक छ । याेसँगै विद्यालयका गतिविधिलाई रिडिजाइन गर्न नितान्त आवश्यक छ । समयसँगै हिँड्न सक्नुपर्छ । समय चिनाैँ, समयसँगै परिवर्तन हाेओैँ।´

कार्यक्रमका विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारूले निजी विद्यालयका पक्षमा सदैव सरकारलाई खबरदारी गर्ने बताए । `निजी विद्यालयहरूले गुणस्तर शिक्षा मात्र प्रदान गरेका छैनन् देशकाे ठूलाे हिस्सालाई राेजगारी प्रदान गरेका छन् । राज्यकाे शैक्षिक र राेजगारीकाे दायित्वलाई निजी विद्यालयले जिम्मेवारी वहन गरेका छन् । यद्यपि निजी विद्यालयलाई हेर्ने सरकारकाे दृष्टि भने पूर्ण रूपमा परिवर्तन भएकाे छैन ।´ उनले भने, `अब संस्थागत विद्यालयका हकमा राज्यले दृष्टि बदल्न जरूरी छ र त्यसका लागि जनप्रतिनिधिले निभाउने भूमिकामा मेराे कुनै कमी रहनेछैन ।´

प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेकाे अध्यक्षता सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष डिके ढुङ्गानाकाे प्रमुख आतिथ्यतामा रहेकाे थियाे ।

कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव तथा विशिष्ट अतिथि आर बी कटुवाल, प्याब्सन केन्द्रीय कार्यसमितिका काेषाध्यक्ष तथा विशिष्ट अतिथि सन्ताेषमणि न्याैपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्याब्सन रूपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, प्याब्सन नवलपरासीका अध्यक्ष गुरूदत्त पाैडेल, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर रावत, प्याब्सन बर्दियाका अध्यक्ष घनश्याम शर्मा अधिकारी, प्याब्सन अर्घाखाँचीका अध्यक्ष कमल बेलवासे, प्याब्सन प्यूठानका अध्यक्ष दिपेन्द्र जिसी लगायतले जिल्ला गतिविधिका बारेमा रिपोर्टिङ गरेका थिए ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सचिव धनराज चापागाईंले सांगठनिक प्रतिवेदन पेस गरेका थिए भने सह काेषाध्यक्ष महेश भूर्तेलले गरेका थिए ।
प्याब्सन लुम्बिनी प्रदेश परिषद् भेला पाैष २९ र ३० गतेसम्म सञ्चालन हुनेछ ।

वरिष्ठ उपाध्यक्ष ऋषिकेश जिसीकाे स्वागत मन्तव्यबाट प्रारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव धनराज चापागाईंले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्