६६ओैँ शृङ्खलामा छन्द संगम – Kanika Khabar
Friday, April 19Nepali News Portal

६६ओैँ शृङ्खलामा छन्द संगम

    मा प्रकाशित

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै अाईरहेकाे छन्द संगम कार्यक्रम सम्पन्न गरेकाे छ ।
परिषद् दाङ शाखाकाे अायाेजनामा ६६अाैँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम सम्पन्न भएकाे हाे ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार गणेश विशमकाे प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का निर्वतमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार पुरूषाेत्तम खनालकाे विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
साहित्यकारहरू डा हिमलाल पन्थी, खगराज न्याैपाने, अर्जुन शर, हरिप्रसाद पौडेल “स्वर्ण शिखा”, गिरीप्रसाद पन्थी, विना राेका, श्रवण नेपाली लगायतले रचनाहरू वाचन गर्नुभएकाे थियाे ।
उक्त कार्यक्रममा कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रीय अध्यक्ष टिकाराम उदासी, केन्द्रीय काेषाध्यक्ष खेमराज मल्ल, दाङ शाखाका सल्लाहकार डा लाेकराज पराजुली, साहित्यकारहरू नरेशजङ राणा, डा राजु अधिकारी, देबेन्द्र रिजाल, दामाेदर पाैडल, गाेपाल भुषाल अभिलाषी, देवा पाैडेल, सुभाष न्याैपाने, कमला रावत, विणा दहाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
साे छन्द संगम कार्यक्रममा वाचित रचनाहरूकाे समीक्षा साहित्यकार डा हिमलाल पन्थीले गर्नु भएकाे थियाे ।
परिषद् दाङ शाखाका सदस्य हरि प्रसाद पौडेल “स्वर्ण शिखा”काे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजिकरण परिषद् दाङ शाखाका सचिव प्रकाश के सीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्