शान्ति सुधाकोे २९औँ अभिभावक दिवस सम्पन्न – Kanika Khabar
Thursday, April 18Nepali News Portal

शान्ति सुधाकोे २९औँ अभिभावक दिवस सम्पन्न

    मा प्रकाशित

दाङ, ३० पुस । शान्तिसुधा आवसीय माध्यमिक विद्यालयको २९औँ अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर खनालको अध्यक्षता तथा महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख भरत न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षाको विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीहरू मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए । त्यसका कारण सबै मिलेर अगाडि बढ्न समेत आग्रह गरेका थिए । पछिल्लो समयमा प्रविधिको विकाससँगै प्रविधिको दुरूपयोग हुने गरेको भन्दै अभिभावकहरूले विशेष ध्यान दिनुपर्ने सहभागीको भनाइ रहेको थियो । शान्ति सुधाले जिल्लामा शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाइसकेको भन्दै यसलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए । कार्यक्रममा घोराही कारागारका जेलर बामदेव खनाल, घोराही खानेपानी संस्थाका बरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, विद्यालयका प्रिन्सिपल विनयकुमार मिश्र, नेपाल प्रेस युनियनका पूर्व जिल्ला अध्यक्ष रामप्रसाद पौडेल, पूर्व शिक्षाका भूमा केसी, पूर्व विद्यार्थी रामबहादुर खड्कालगायतले भनाइ राखेका थिए ।

विद्यालयक भाइस प्रिन्सिपल डम्बरबहादुर डाँगीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक बालकृष्ण डाँगीले गरेका थिए । कार्यक्रममा १० वर्षभन्दा बढी सेवा गरेको भन्दै शिक्षक बालकृष्ण डाँगी, सावित्री वली र बमबहादुर खड्कालाई दीर्घ सेवाबाट सम्मान गरिएको थियो । त्यस अवसरमा विद्यार्थीले निर्माण गरेका विज्ञान कला प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रममा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती समेत राखेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्