गण्डकी प्रदेशमा १९८ जनाले कोरोना जिते – Kanika Khabar
Saturday, November 15Nepali News Portal

गण्डकी प्रदेशमा १९८ जनाले कोरोना जिते

    मा प्रकाशित

कनिका खबर
असार १५, कास्की
गण्डकी प्रदेशमा थप २६ जना पुरुष कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासीका २६ पुरुष घर फर्किएका हुन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र केन्द्रबाट आइतबार थप २६ जना पुरुष डिस्चार्ज भएपछि गण्डकी प्रदेशमा कोभिड १९ संक्रमण जितेर घर फर्कनेको संख्या १९८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताइन् ।
त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त जानकारी अनुसार गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८९६ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्