नेविसंघ दाङकाे अध्यक्षमा पाेख्रेल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेविसंघ दाङकाे अध्यक्षमा पाेख्रेल

    मा प्रकाशित

दाङ, ५ माघ ।

नेपाल विद्यार्थी संघ दाङकाे अध्यक्षमा कुलराज पाेख्रेल मनाेनित भएका छन् ।

विद्यार्थी राजनीतिमा सक्रिय रहेका पाेख्रेल नेविसंघ अध्यक्षमा मनाेनित भएका हुन् ।

कक्षा ७ मा अध्ययनरत रहँदै गर्दा विद्यार्थी राजनीतिमा `डेब्यु´ गरेका पाेख्रेल जुझारु नेता हुन् । जिल्लाकाे घाेराहीस्थित सरस्वती मावि काठेकाेहलमा अध्ययनरत रहँदा २०६३ सालमा इकाई सचिव भएर नेविसंघकाे राजनीतिमा पाेख्रेल उदाएका हुन् ।

संगठन विस्तार र सुदृढीकरणमा निरन्तर लागि रहेका पाेख्रेल २०६३ सालमा दीपशिखा माविकाे इकाई अध्यक्ष भएर अब्बल नेतृत्व गरे । २०७१ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङकाे इकाई सचिव भएर कुशल सांगठनिक नेतृत्वकाे दृष्टान्त बनेका पाेख्रेल विद्यार्थीवर्गका रूचाइएका नेतृत्व हुन्।

पाेख्रेललाई आज बिहिवार नेविसंघ केन्द्रीय कार्यसमितिले अध्यक्षकाे जिम्मेवारी दिएकाे हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्