सहयोग जुटाएर जिल्लास्तरीय प्रतियोगिता गर्दै तेक्वान्दो खेलाडी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सहयोग जुटाएर जिल्लास्तरीय प्रतियोगिता गर्दै तेक्वान्दो खेलाडी

    मा प्रकाशित

हिमाल महरा
घोराही । जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको समय नजिकिदै गर्दा खेलाडी तथा प्रशिक्षकले प्रतियोगितको तयारीलाई तीव्रता दिएका छन् । जिल्लास्तरीय दोश्रो अल्फा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताका लागि व्यवस्थापनसँगै प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक श्रोत जुटाउनका लागि खेलाडीहरु लागि रहेका छन् ।

तेक्वान्दो खेललाई माया गर्ने अग्रज प्रशिक्षक तथा खेलाडी साथीहरुसँग सहयोग जुटाएर प्रतियोगिताको तयारी भैरहेको आयोजक अल्फा तेक्वान्दो डोजाङका प्रमुख सुनिता विष्टले जानकारी दिएकी छिन ।
घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको अल्फा तेक्वान्दो डोजाङको आयोजनामा यहि माघको १३ र १४ गते हुन थालेको दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता–२०७९ को तयारीलाई तीव्र रुपमा अघि बढाएको अल्फा तेक्वान्दो डोजाङका प्रमुख विष्टले बताइन ।

प्रमुख विष्टका अनुसार दुई दिन घोराहीमा हुने प्रतियोगिताका लागि आवश्यक तयारी जुटाउने काम भैरहेको छ । प्रतियोगितामा पुरुषतर्फमा २०, २३, २६, २९, ३२, ३५, ३८, ४१, ४५, ४९, ५१ केजी तौल समूह तथा महिलातर्फ २२, २५, २८, ३१, ३५, ३९, ४३, ४६, ४९ केजी तौल समूहमा जिल्लाभरका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन ।

त्यसैगरी पुम्सेतर्फ पुरुषतर्फ अण्डर ग्रीन बेल्टतर्फ ३ र ४ र अण्डर रेड बेल्टतर्फ ५ र ७ नम्वरमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ पनि पुम्सेमा अण्डर ग्रीन बेल्टतर्फ ३ र ४ र अण्डर रेड बेल्टतर्फ ५ र ७ नम्वरमा समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रमुख बिष्टका अनुसार प्रतियोगितामा सहभागिताका लागि जिल्लाभरका डोजाङहरुले माघको ११ गते साँझ ५ बजेसम्म टिम दर्ता गराईसक्नुपर्ने छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रमुख बिष्टले बताइन् । प्रतियोगिताआयोजनागर्न करिव ३ लाख बढी खर्च हुने आयोजकको अनुमान छ। बिष्टले खेल गतिविधि कमहुँदा खेलाडीहरुलाई निरासा छाएको समयमा प्रतियोगिता आयोजना गर्न थालेकाले धेरै खेलाडीहरुलाई उत्साहितसँगै जिल्लाको खेलकुद विकासका लागि सहयोग पुग्ने समेत अपेक्षा गरेको बताइन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्