प्याब्सन दाङकाे आयाेजनामा अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता सुरू – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्याब्सन दाङकाे आयाेजनामा अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता सुरू

    मा प्रकाशित

दाङ, ७ माघ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङ शाखाकाे आयाेजनामा अन्तर विद्यालय शिक्षक भलिवल प्रतियाेगिता सुरू भएकाे छ । माघ ७ र ८ गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगिता दाङकाे घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा सञ्चालन भइरहेकाे छ ।

`खेल स्वस्थ जीवनका लागि मात्र नभई आपसी सद्भाव र आत्मीयताका लागि पनि हाे । प्याब्सन दाङले शिक्षकका लागि समेत खेलकुद फाेरम सिर्जना गरेकाे छ । यसलाई निरन्तरता दिन अपील गर्दछु । स्कुल र शिक्षका बिचमा आत्मियता वृद्धि गर्ने यस्ता कार्यक्रम अहिलेकाे आवश्यकता हाे । ´ कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सन दाङका सल्लाहकार जीवनकुमार आचार्यले बताए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान प्राज्ञिक सल्लाहकार अरूणकुमार शर्मा, प्याब्सन दाङका निवर्तमान सल्लाहकार नाैलसिंह जिएम, प्याब्सन घाेराही नगर अध्यक्ष बीरेन्द्र चन्द, गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका प्रिन्सिपल मानसिंह घर्ती लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीकाे अध्यक्षता भएकाे समुद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विजयमान जिएमले स्वागत मन्तव्य राखेका थिए भने सचिव आदिम केसीले सहजीकरण गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्