चलचित्र पत्रकार सघंको पाँचौ जिल्ला अधिवेशन – Kanika Khabar
Friday, April 19Nepali News Portal

चलचित्र पत्रकार सघंको पाँचौ जिल्ला अधिवेशन

    मा प्रकाशित

तुलसीपुर, ९ माघ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले कलाकर्मीहरुको मुल्याङकन राल्यले सस्थागत हुन नसकेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको पाँचौ जिल्ला अधिवेशनलाई सोमवार तुलसीपुरमा सम्वोधन गर्दै प्रमुख अतिथि खड्काले राष्ट्रको पहिचानका रुपमा रहेका कलाकर्मीहरुको श्रमलाई संस्थागत गर्न नसकेको बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले चलचित्रको क्षेत्रमा राज्यले उपयुक्त खालको लगानी गर्न नसक्दा यसबाट राज्य नै उल्टो घाटामा रहेको बताएका थिए । उनले कोरोना महामारीपछि चलचित्र क्षेत्र अझै पनि संकट उन्मुख हुन सकेको बताए । ‘कोरोना महामारीपछि चलचित्रको पर्दाहरुबाट बाहेक ठुला हलहरुबाट सिनेमा सुन्न हेर्न पाइराखेको अवस्था छैनौ,खड्काले भने,‘जसले गर्दा अहिलेसम्म पनि यो क्षेत्र संकट उन्मुख हुन सकिरहेको छैन ।’ चलचित्रकर्मीहरुकै कारण राष्ट्रको पहिचान झल्किएको बताउँदै उनले मुलुकलाई चलायमान बनाउन चलचित्रकर्मीको भुमिका अतुलनीय रहेको पनि बताए ।

नेपालको अर्थतन्त्रमा अत्यन्तै महत्वपुर्ण भुमिका राख्ने चलचित्र क्षेत्र जसले हाम्रो मनोरञ्जन र चाहानाहरुलाई बन्धन बनाइरहेको अनुभुति हुन्छ,उनले भने । चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक रमित ढुङ्गगाना,चलचित्र पत्रकार सघंका पुर्व अध्यक्ष शान्ती प्रियले चलचित्र क्षेत्रको बिकासका लागि दाङ शाखाको भुमिका अतुलनीय रहेको भन्दै शाखाको प्रसंसा समेत गरेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिब सुलोचना गौतम,चलचित्र पत्रकार सघका केन्द्रिय उपाध्यक्ष कुबेर डगोंल,नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतम,नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसी,रासस दाङ प्रमुख नारायणी रजौरे, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, चलचित्र पत्रकार सघं दाङका पूर्व अध्यक्ष धुर्वराज न्यौपाने,प्रेस चौतारी दाङका उपाध्यक्ष प्रेम राम्जा,तुलसीपुर उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष बिमल रिजाल,अधिकारकर्मी सुस्मा गिरि,समाजसेबी बिरबहादुर भण्डारी (मोहन) लगाएतले चलचित्र आम सन्चारको महत्वपूर्ण बिधा रहेको बताउँदै यसका गतिविधलाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउदैं दाङलाई चलचित्रसग जोडेर लैजानुपर्नेमा जोड दिएका थिए ।

शाखाका उपाध्यक्ष सन्तोष केसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब पूुर्ण केसीले गरेका थिए । साथै चलचित्र पत्रकार संघ दाङ शाखाको पाँचौ जिल्ला अधिवेशनका अवसरमा सघंले जिल्लामा रहेर पत्रकारिताको क्षेत्रबाट महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै ५ जना पत्रकारहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सुलोचना गौतम, सुदिप गौतम, लक्ष्मी आचार्य, बालाराम खड्का र दशरथ घिमिरे रहेका छन । त्यसैगरी सघंका संस्थापक उपाध्यक्ष एवं अक्ष्यकोषदाता चेतन रेग्मी,अर्का अक्ष्यकोषदाता सन्तोष केसी सम्मानित भएका छन् ।

अध्यक्षमा सन्तोष केसी निर्वाचित

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको पाँचौ जिल्ला अधिवेशनेले सोमवार नयाँ नेतृत्व चयन गरेको छ । सघंको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत रुपमा निर्वाचित भएका छन । अधिवेशनले उपाध्यक्षमा पूर्ण केसी निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो । यस अघिका सचिव पूर्ण केसी र सदस्य दिपक कुमालबिच निर्वाचन भएको थियो । २५ मतदाता संख्या रहेको सघंको निर्वाचनमा जम्मा १४ मत खसेको थियो ।

केसी ८ मत प्राप्त गरि उपाध्यक्षमा निर्वाचित भए भने कुमालले भने ६ मत प्राप्त गरेका थिए ।सघंको सचिवमा निरला अर्याल,कोषाध्यक्षमा भुपेश वली,सहसचिवमा तिर्थराज चौधरी, सदस्यहरुमा आशिष केसी,एकराज भण्डारी,झग्गु भण्डारी र रमेश सुनार रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष धुर्वराज न्यौपानेले सपथ खुवाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्