बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प, दाङमा समेत कम्पनकाे महसुस – Kanika Khabar
Friday, April 19Nepali News Portal

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प, दाङमा समेत कम्पनकाे महसुस

    मा प्रकाशित

बाजुरा, १० माघ ।

बाजुरालाई केन्द्रविन्दु बनाएर  ५. ९ म्‍याग्निच्यूडको भूकम्प गएकाे छ । ४ वटा घर र एउटा मन्दिर भत्किएको छ।  आज मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजयी अधिकारीले बताए ।

बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले बताए ।

बाजुराको बडिमालिका नगरपालिकाको वडा नं–७ मा २ वटा घर र वडा नं-९ मा २ वटा घर भत्केको हो।  उनका अनुसार मानवीय क्षति भएको छैन। त्यस्तै भूकम्पका कारण एक मन्दिर पनि भत्किएको छ ।

No description available.

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो पश्चिम नेपालका दाङ, सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्