माैसम डायरी : रूकुम पूर्वमा हिमपात – Kanika Khabar
Friday, March 29Nepali News Portal

माैसम डायरी : रूकुम पूर्वमा हिमपात

    मा प्रकाशित

रूकुम, १० माघ ।
माैसममा परिवर्तन आएसँगै देशका विभिन्न स्थानमा हिमपात सुरू भएकाे छ । याेसँगै रूकुम पूर्वमा विभिन्न स्थानमा हिमपात सुरू भएकाे छ ।
रुकुम पूर्वको हिमाली भेगमा हिमपात सुरू भएको हाे ।
जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका-१ र सिस्ने गाउँपालिका-१ वडामा अहिले हिमपात भइरहेको छ ।

विगत वर्षामा यो समयमा चौथो, पाँचौँ पटकसम्म हिमपात भइसक्थ्यो । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा यस वर्ष भने माघको १० गते पहिलो पटक हिमपात भएको हो ।

हिमपात भएपछि चिसो निकै बढेको छ । चिसोका कारण जनजीवन कष्टकर बनेको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटका तेजकुमार गुरुङले जानकारी दिए । जिल्लाको तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्