आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन हुन्छ : गृहमन्त्री लामिछाने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन हुन्छ : गृहमन्त्री लामिछाने

    मा प्रकाशित

काठमाडौँ, १० माघ ।
उपप्रधानमन्त्री रवि लामिछानेले क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन गर्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा उनले यी तीनवटै विषयमा गृह मन्त्रालय संवेदनशील भएर काम गरिरहेको बताए । नतिजा आउन भने समय लाग्ने उनको भनाइ रहेको छ । ‘क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा, वा आन्दोलनरत अधिकारकर्मीका विषयमा, गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ ।’ गृहमन्त्री लामिछानेले भने ।
हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् र उनी संसद बैठकमा सहभागी भइरहेका छन् ।

फरार सांसद संसदमै आउँदा पनि गृहमन्त्रीले पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्