ज्योतिपुञ्ज मोडेलद्वारा सामुदायिक विद्यालयका सेवानिवृत्त शिक्षकलाई सम्मान तथा अक्षर आरम्भ कार्यक्रम सम्पन्न – Kanika Khabar
Friday, March 29Nepali News Portal

ज्योतिपुञ्ज मोडेलद्वारा सामुदायिक विद्यालयका सेवानिवृत्त शिक्षकलाई सम्मान तथा अक्षर आरम्भ कार्यक्रम सम्पन्न

    मा प्रकाशित

दाङ माघ १२ । दाङको घोराही उपमहानगरपालिका वडा न. २ मा रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले आफ्नो सेवाक्षेत्रका सामुदायिक विद्यालयहरुबाट सेवानिवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । वसन्तपञ्चमीको अवसर पारेर आज बिहिबार रामपुर क्षेत्रका १५ जना शिक्षकहरुलाई सम्मान गरेको हो । विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उहाँहरुले शिक्षाका माध्यमबाट समाजमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयमा प्रिन्सिपल शिव भण्डारीले जानकारी दिनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतीत्वमा भएको कार्यक्रममा सेवानिवृत्त शिक्षकहरु भुवन कुमार आचार्य,डोमाकान्त पौडेल,लुमाकान्त भण्डारी,विश्वेश्वर प्रसाद पाण्डेय,गिरिराज पाण्डेय,माधवी पाण्डेय,फकुलाल चौधरी,नारायण प्रसाद थापा,प्रकाशराज भुसाल,केशवराज शर्मा पन्थी,विष्णुप्रसाद रेग्मी,केशवराज पोखे्रल,चेतनाथ पोखे्रल,टंकेश्वर सुवेदी र राधा पौडेललाई कार्यक्रमका प्रमुख अतिथि ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका संचालक समितिका अध्यक्ष हेमराज शर्माले सम्मान पत्रका साथ फुलमाला लगाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले समाजमा शिक्षाको माध्यमबाट उज्यालो ज्योति फैलाउनका लागि जीवनको अमूल्य समय विताउनुभएका गुरुहरुलाई सम्मान गर्न पाउँदा संस्थाले गर्वानुभुती गरेको बताउनुभयो । सम्मानित हुने शिक्षकहरुले निजि विद्यालय भएर पनि सामुदायिक विद्यालयका सेवानिवृत्त शिक्षकहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै वर्षौ पहिले अलग भएका शिक्षहरुबिच विद्यालयले पुनर्मिलन हुने अवसर मिलाएकोमा आभार व्यक्त गर्नुभयो । नयाँ व्यवस्थापनका साथ समयानुकुल विशिष्ट कार्यक्रमहरुको साथमा विद्यालय संचालन भइ छोटो समयमै अभिभावकहरुको मन जित्न सफल भएको कुरा समाजबाट आफूहरुले थाहा पाएको बताउनुभएको थियो । समाजलाई अघी बढाउनका लागि समयानुकुल शिक्षा प्रदान गर्नका लागि दिर्घकालिन योजनाका साथ अगाडी बढ्न उहाँहरुले सुझाव दिनुभएको थियो ।
विद्यालयका प्रिन्सिपल शिव भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल प्रा.लि. रामपुरका अध्यक्ष बालचन्द्र शर्मा,सम्मानित व्यक्तित्वहरु लुमाकान्त भण्डारी र माधवी पाण्डेयले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर मदन घिमिरेले गर्नुभएको थियो ।
सरस्वती पूजा तथा अक्षरआरम्भ कार्यक्रम
ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुरले आज श्रीपञ्चमी पर्वका अवसरमा विद्यालयमा सरस्वती पूजा गर्नुका साथै बालबालिकाहरुलाई अक्षर आरम्भ कार्यक्रम गरेका छन । विद्यालयका अभिभावक, शिक्षक,कर्मचारी र विद्यार्थीहरुको सहभागितामा भएको सरस्वती पूजा कार्यक्रममा विद्यालय जाने उमेर पुगेका बालबालिकाहरुलाई आज अक्षर आरम्भ गराएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराहीका सहायक प्रिन्सिपल पूर्णचन्द्र पाण्डेयले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्