काङ्ग्रेसकाे शाेक सभा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काङ्ग्रेसकाे शाेक सभा

    मा प्रकाशित

दाङ, १४ माघ ।

नेपाली काङग्रेस वडा नम्बर सातले आज शोकसभा गरेको छ ।घोराही उपमहानगर पालिका वडा नम्बर सात पर्सा नेवासी झुपा डागीको आज १३ अ‍ैाँ पुण्य तिथिको अबसरमा शोक सभा सम्पन्न गरेको हो ।

 

झुपा डाँगीको माघ दुई गते ८३ बर्षको उमेरमा निधन भएको थियो । नेपाली काङग्रेस वडा नम्बर सातका अध्यक्ष कर्ण बहादुर बुढाथोकीको सभापतित्व तथा नेपाली काङग्रेसमहा समिति सदस्य भूप बहादुर डागीँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काङग्रेस क्षेत्र नम्बर दुईका सभापति भिमप्रकाश खड्का, घोराही उपमहानगर पालिका १५ का सभापति तिलक रावत,प्रेस स्वतन्त्र सेनानी शुशिल गौतम,समाजसेवी भूप बहादुर शाह लगायतकाले शोक मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा परिवारको तर्फबाट जेठा छोरा टेक बहादुर डाँगीले धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण क्षत्रीय प्रतिनिधि पिताम्बर रिजालले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्