दीपशिखा विद्यालयको वार्षिकोत्सव – Kanika Khabar
Thursday, April 18Nepali News Portal

दीपशिखा विद्यालयको वार्षिकोत्सव

    मा प्रकाशित

गोविन्द खड्का

घोराही ।

दीपशिखा आवासीय माध्यमिक विद्यालय घोराही–१५ को ३० औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले निजी र सरकारी भनेर विभेदको मानसिकताबाट मुक्त हुन आग्रह गर्नुभयो । सरकारका तर्फबाट दिइने सुविधामा आफूले भेदभाव नगर्ने बताउनुभयो । एक सय ६० विद्यार्थीबाट शुरु गरेको दीपशिखा विद्यालयमा अहिले एक हजार छ सय बढी विद्यार्थी रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विद्यालयको परिचय गराउँदै उहाँले शिक्षा क्षेत्रका अनुभवीहरुको संयुक्त लगानीमा स्थापित पहिलो विद्यालय भन्नुभयो । उहाँका अनुसार एक विगाह ६ कट्ठा जग्गामा सञ्चालित विद्यालयका खेलकूद तथा अतिरिक्त क्रियाकलाप आफ्नै क्षेत्रमा हुन्छन् । सरकारी मापदण्ड अनुसारको भौतिक पूर्वाधारमा ५२ शिक्षकले अध्यापन गराउँदै आएका छन् । शौचालय, खानेपानी मापदण्ड अनुसार छ ।

तीनपटकसम्म राष्ट्रिय पुरस्कार पाइसकेको र अहिले पनि संख्यामा अरुले जिते पनि गुणस्तरमा उछिन्न कसैले नसक्ने दाबी गर्नुभयो । वक्ताहरुले सरकार र राजनीतिक दलहरुले निजी विद्यालय हेर्ने दृष्टिकोण बदल्नुपर्ने धारणा राखे । समानरुपमा छात्रबृत्ति दिने व्यवस्था मिलाउन, अभिभावकलाई कर नलगाउन, बैंकले सजिलै ऋण दिने व्यवस्था मिलाइदिन र निजी र सरकारीलाई सहयात्री बनाउन आग्रह गरे । सो अवसरमा स्व. हिमादेवी न्यौपानेको नामबाट छोरीहरु विद्या न्यौपाने र सन्ध्या न्यौपानेले स्थापना गर्नुभएको हिमा एक्सिलेन्सी अवार्ड २०७८ बाट विद्यार्थीहरु ओना बुढाथोकीलाई १० हजारको प्रथम पुरस्कार र प्रभात जीएमलाई सात हजार राशीको दोस्रो पुरस्कार प्रदान गरिएको थियो । यसैगरी हिमा एक्सिलेन्सी अवार्ड २०७९ बाट विद्यार्थीहरु ऋदम घिमिरेलाई १० हजार रुपैयाँको प्रथम पुरस्कार र प्रकृति डिसीलाई सात हजार रुपैयाँको दोस्रो पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी ललिता केसीद्वारा स्थापित छोरीहरु विनिता र निगाता पुरस्कार २०७८ बाट शिक्षकहरु प्रकाश भण्डारी र प्रमिला सुवेदीलाई तथा विनिता र निगाता पुरस्कार २०७९ बाट शिक्षकहरु मधु बुढाथोकी र बलदेव अधिकारीलाई प्रदान गरिएको थियो । वेष्ट स्टाफमा एकाउन्टेन्ट सन्तोष चौधरीलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो । सो अवसरमा अनुशासनतर्फ विद्यार्थीहरु प्रकृति वस्नेत, निर्मला विएम, ज्याक्सन केसी, तिर्सना डाँगी, सिमान्त धिताल, रक्षा केसी पनि पुरस्कृत हुनुभएको थियो । शिक्षकहरुको फुटसलतर्फ प्रथम उत्तम ज्ञवालीको टिमलाई पाँच हजार र दोस्रो हुने वसन्त ढकालको टिमलाई तीन हजार नगदले पुरस्कृत गरिएको थियो । शैक्षिक तथा खेलकूद प्रतियोगिताका उत्कृष्टहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

वार्षिकोत्सव मूल समारोह समितिका संयोजक राम थापाको स्वागतबाट शुरु भएको कार्यक्रममा प्रिन्सिपल प्रदीपराज भण्डारीले विद्यालयको प्रतिवेदन पेश गर्नुभएको थियो । सो अवसरमा प्याब्सन केन्द्रीय सचिव यादव गिरी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्द, हिमा एक्सिलेन्सी पुरस्कारका संस्थापक केशव दीपक न्यौपाने, अभिभावकहरु गणेश बञ्जाडे, विमला पुलामी, गिरिराज अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षकहरु अशोक भुसाल र रेखा शर्माले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्