बाबुले पेट्रोल छर्किएर आगो लगाइदिँदा २ वर्षीय शिशुको मृत्यु भ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बाबुले पेट्रोल छर्किएर आगो लगाइदिँदा २ वर्षीय शिशुको मृत्यु भ

    मा प्रकाशित

बाँके, १६ माघ ।

बाँकेमा बाबुले पेट्रोल छर्किएर आगो लगाइदिँदा २ वर्षीय शिशुको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।

लगत्तै स्थानीयले उद्दार गरी आमा छोरालाई नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याए पनि शिशुको उपचारको क्रममा सोमबार मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

उपचाररत घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेकोले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

घटनापछि फरार बिकलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ। आपसी मनमुटाबमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्