आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    मा प्रकाशित

दाङ, १६ माघ ।
आज सहिद दिवस, सङ्घ, प्रदेश र स्थानीयस्तरमा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सप्ताहव्यापी सहिद दिवसको अन्तिम दिन आज काठमाडौँको शान्तिबाटिकाबाट प्रभातफेरी सुरु गरेर बिहान ९ बजे सहिद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ ।

सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री, उच्च पदस्थ अधिकारीहरू सहभागी हुने भएका छन् । हिजो सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

सहिद दिवस मूल समारोह समितिले काठमाडौंको शोभा भगवतीमा आयोजना गरेको स्मृति सभामा मन्तव्यसहित सहिदहरूको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । सहिद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने सहिदको सपना पूरा गर्न आआफ्नो तर्फबाट भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न आह्वान गर्नुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिवसका अवसरमा सन्देश जारी गर्दै देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर सहिदको सपनालाई विपनामा रूपान्तरणका लागि सङ्कल्प गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्