अमेरिकी उपमन्त्री न्यूल्याण्डले आजदेखि उच्चस्तरीय भेटवार्ता गर्दै – Kanika Khabar
Friday, April 19Nepali News Portal

अमेरिकी उपमन्त्री न्यूल्याण्डले आजदेखि उच्चस्तरीय भेटवार्ता गर्दै

    मा प्रकाशित

काठमाडौँ, १६ माघ ।
नेपाल भ्रमणमा आउनु भएका अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया न्यूल्यान्डले आजबाट उच्चस्तरीय भेटघाट सुरु गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अमेरिकी उपमन्त्री न्यूल्यान्डले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने तयारी रहेको उहाँको भनाइ छ ।

अमेरिकी विदेश मन्त्रालयमा ३३ वर्ष कार्यानुभव भएकी न्युल्याण्डले जर्ज डब्ल्यु बुस र बाराक ओबामा प्रशसनमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्