साईबर सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने विज्ञहरूको सुझाव – Kanika Khabar
Friday, April 19Nepali News Portal

साईबर सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने विज्ञहरूको सुझाव

    मा प्रकाशित

काठमाडौँ, १६ माघ ।
सरकार सूचना प्रविधि र त्यहाँ राखिएका तथ्याङ्कको सुरक्षाका लागि गम्भीर बन्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन् ।

सरकारी वेबसाईटहरूमाथि भएको आक्रमणले नेपालमा साईवर सुरक्षाको स्थिति चिन्ताजनक रहेको भन्ने पुष्टि गरेको विज्ञको धारणा छ । सीआईएनसँग कुरा गर्दै साईबर सुरक्षाका विज्ञ डा.राजिव सुब्बाले विश्वमा साईबर द्वन्द्व बढीरहेको अवस्थामा नेपाल पनि चनाखो बन्नुपर्ने बताउनुभयो ।

अस्ति जिओभी डट कम डट एनपी सर्भर भएका सरकारी साइटहरूमा एकैसाथ समस्या देखिएको थियो । सङ्घीय संसद सचिवालय र अध्यागमन विभागको ‘सर्भर’मा पनि समस्या देखिएको थियो । साईबर सुरक्षामा नेपाल निकै कमजोर रहेको भन्दै सुब्बाले सुधारका लागि तत्कालै काम गर्नुपर्ने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्