प्रलेसको मुखपत्र बहिङ्गा विमोचन – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रलेसको मुखपत्र बहिङ्गा विमोचन

    मा प्रकाशित

घोराही, १६ माघ ।

प्रगतिशील लेखक संघ दाङ शाखाको बार्सीक मुखपत्र बहिङ्गा विमोचन गरिएको छ। सोमबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि साहित्यिक पत्रिका बहिङ्गा विमोचन गरिएको हो । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता तथा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् वर्तमान सल्लाहकार पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा बहिङ्गा विमोचन भएको थियोे ।

मुखपत्र विमोचन गर्दै प्रमुख अतिथि शर्माले साहित्यकारले विभिन्न माध्यमबाट सामाजिक, साहित्यिक रुपान्तरणका लागि सहयोगी भुमिका खेलेको बताउनुभयो । कलमको माध्यमबाट साहित्यकार, पत्रकारले खबरदारी गरिरहेको बताउनुभयो । उहाँले समाजमा साहित्यिक चेतनाको स्तर बढाउँदै प्रगतिशील साहित्यको जग बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले देश बिग्रन भत्कनबाट बचाउन कलमको माध्यमबाट खबरदारी गर्नुपर्ने बताउनुभयो ।

विमोचित मुखपत्रको प्रलेसका कोषाध्यक्ष चन्द्रबहादुर थापाले समीक्षा गर्नुभएको थियो । उहाँले बहिङ्गामा संग्रहित लेख, रचना समयको आवाज भएको र लेखनका माध्यमबाट सचेत गरायको बताउनुभयो ।

कार्यक्रममा राप्ती साहित्य परिषदका सल्लाहकार एवम् पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नागरिक समाज दाङका संयोजक केबी मसाल, सदस्य हरिप्रसाद पाण्डेय, पुरस्कार सस्थापक ऋषिराज जंगली, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, उप(प्राध्यापक सुन्दर गौतम, सिस्नोपानी नेपालका अध्यक्ष डा लोकराज पराजुली, प्रलेस केन्द्रीय सदस्य एवम् पुरस्कार संस्थापक रामप्रसाद जैसीलगायतले शुभकामना राख्नुभएको थियो ।

गत पुस ३ गते प्रलेसको स्थापना दिवसका अबसरमा घोषणा गरिएको प्रगतिशील साहित्य पुरस्कार प्रप्त गर्नु भएको सुन्दर गौतमलाई पुरस्कार प्रदान गरिएको थियो। उपाध्यक्ष रेशम बिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सदस्य रन्जिता शर्माले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्