अर्किड इडन एकेडेमीको १४ औं वार्षिकोत्सव – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

अर्किड इडन एकेडेमीको १४ औं वार्षिकोत्सव

    मा प्रकाशित

गाेविन्द खड्का 

दाङ, १६ माघ ।

। अर्किड इडन एकेडेमी घोराही–१६ लेटारको १४ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष योगराज महतको अध्यक्षता एवं घोराही नगर प्याब्सनका सचिव बालकृष्ण वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

तीन सयबढी विद्यार्थी रहेको उक्त आधारभूत विद्यालयमा विद्यार्थीहरुले विभिन्न कला प्रस्तु गरेका थिए । विद्यार्थी सुदीक्षा वलीले ७७ वटा जिल्लाका नाम लय हालेर गाउनुभयो । नमस्कार गरिने अभिवादनलाई विद्यार्थी कृष्टि खड्काले विभिन्न १२ भाषामा सुनाउनुभयो । विभिन्न नाच, तेक्वान्दोलगायतका गतिविधि प्रस्तुत गरिएका थिए ।

यसैगरी अतिथिहरुलाई कुर्सी दौड गराई प्रथम हुने भुपेन्द्र डाँगी, दोस्रो देवा योगी र तेस्रो बुद्धिराम चौधरीलाई सम्मान गरियो । यसैगरी स्थापनाकालदेखिनै बच्चा स्कुल ल्याउने र लैजाने असल अभिभावक लक्ष्मी चौधरी, विद्यालय टप विद्यार्थी बनिता वली, बेष्ट स्टुडेन्ट केशव वलीलाई पनि सम्मान गरिएको थियो । अभिभावकलाई रस्सा कस्सी खेलाएर विजेतालाई सम्मान गरियो । अभिभावकलाई गोला टिपाएर लक्की ड्र पाउनेका बच्चालाई आगामी शैक्षिक सत्रमा भर्ना फ्रि गरिएको थियो । गत शैक्षिक सत्रका विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयका शिक्षक बबिता धितालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा घोराही–१६ का सदस्य बुद्धिराम चौधरी, मदन भण्डारी मेमोरियल स्कूलका प्रिन्सिपल विमल भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयको प्रगति प्रतिवेदन प्रिन्सिपल हरिशचन्द्र पाण्डेयले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक महेश चन्द र विद्यार्थी दीपा वलीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्