देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट दरपीठ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट दरपीठ

    मा प्रकाशित

काठमाडौँ, १८ माघ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दिनबाट काँग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेलले रिट लिएर सर्वोच्च पुगेका थिए । उनले काँग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताका रुपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन रोक लगाउन र सभामुखबाट विपक्षी दलको नेता तोक्न परामादेश दिनुपर्ने माग गरेका थिए । तर सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले रिट दरपीठ गरेका छन् ।

संसदका कुन दललाई विपक्षी दलको मान्यता दिने भन्ने विषय संसदको आन्तरिक विषय भएको र यस्तो विषयमा अदालतमा प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्था भएकाले रिट दर्ता गर्न नमिल्ने रजिस्टारको निर्णयमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्