रास्वपाको आकस्मिक बैठक : के गर्ला प्रधानमन्त्रीद्वारा दिइएको अफर ? – Kanika Khabar
Friday, March 29Nepali News Portal

रास्वपाको आकस्मिक बैठक : के गर्ला प्रधानमन्त्रीद्वारा दिइएको अफर ?

    मा प्रकाशित

काठमाडौँ, २१ माघ ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक जारी छ। बैठकमा सरकारमा रहने वा नरहने भन्ने विषयका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको नयाँ प्रस्तावको विषयमा समेत छलफल भइरहेको छ ।

आज साँझ रास्वपाका सभापति रवि लामिछानेसँग भएको भेटावर्तामा प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका थिए ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्