रास्वपालाई सरकारमा फर्काउन तयारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

रास्वपालाई सरकारमा फर्काउन तयारी

    मा प्रकाशित

काठमाडौं, २३ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै राजनीतिक तरलता झनै बाक्लिएर गएकाे छ । सरकारबाट बाहिरिएकाे रनस्वपालाई फेरि सरकारमा फर्काउन सत्तारुढ अरु दलहरुले तयारी गरेका छन् ।

सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमै फर्काउने गरी अनौपचारिक छलफल भइरहेको बताएका छन् । हिजो संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ गठबन्धन जोगाउन प्रयास भइरहेको बताउनुभएको थियो । गृह मन्त्रालयको विवादले सरकार गठनको ४२ दिनमा हिजो रास्वपा सरकारबाट बाहिरिएको हो ।

सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । रास्वपा बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने र आफैँले जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको योजना छ ।

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्