प्याब्सन तुलसीपुर नगरले फुटबल आयाेजना गर्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्याब्सन तुलसीपुर नगरले फुटबल आयाेजना गर्ने

    मा प्रकाशित

दाङ, २३ माघ ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) तुलसीपुर नगर कमिटीले आधारभूत स्तरीय (कक्षा १ देखि ८ सम्म) फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन तुलसीपुरले २८ माघ देखि फागुन १ गतेसम्म आधारभूत स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

यस प्रतियोगितामा सहभागी हुने समुहले यही माघ २६ गतेभित्र दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ । समुह दर्ता शुल्क प्रति विद्यालय तीन हजार रुपैँया समेत शुल्क तोकिएको छ ।

प्रतियोगिताका विजयी समुहलाई नौ हजार नगद तथा मेडल, कप र प्रमाणपत्र, दोस्रो हुनेलाई ७ हजार नगद, कप, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई ५ हजार नगदसहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक कमल सापकोटाले जानकारी दिए ।

त्यस्तै उद्घाटन खेल तुलसीपुरमा क्रियाशिल पत्रकार र विद्यालयका प्रधानाध्यपकबीच हुने सापकोटाले बताएका छन् । तुलसीपुर नगर, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकामा रहेका विद्यालयका बिच खेल प्रतियोगिता हुने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्