ढुक्क भएर व्यापार व्यावसाय गर्ने वातावरण हुन्छ : प्रजिअ वैद्य – Kanika Khabar
Thursday, March 28Nepali News Portal

ढुक्क भएर व्यापार व्यावसाय गर्ने वातावरण हुन्छ : प्रजिअ वैद्य

    मा प्रकाशित

दाङ, २४, माघ ।

दाङका प्रमुख जिल्ला अधिकारी शुशिलल बैद्यले ढुक्क भएर व्यापार व्यावसाय गर्ने वातावरण हुने बताएका छन् ।

 

भरखरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीसँग दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन ।

 

सुरक्षाको व्यवस्थापन नहुँदा व्यापार व्यावसाय अगाडि प्रजिअको भनाइ रहेको थियो । जिल्लामा सबै क्षेत्रसंग सहकार्य गरे बढने समेत उनले बताए । सबै क्षेत्रको सहकार्यमा जिल्लामा रहेका समस्या समाधान गर्न तथा जिल्लाको विकासमा सहयोग रहने उनको भनाइ रहेको छ ।

निजी क्षेत्रको सहकार्यमा देशको आर्थिक विकास गर्न सकिने उनको भनाइ रहेको छ । आर्थिक विकासका लागि राज्य पि पि पि मोडेलमा अगाडि सारेको उनले बताए । आफूले जिल्लामा शुसासन कायम गर्न लागि पर्ने बताए । नागरिकले अनुभुति गर्ने गरेर काम हुने समेत बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले उद्योग वाणिज्य संघले व्यावसायीहरुको हक हित मात्र नभइ जिल्लाको आर्थिक विकास तथा विकास निर्माणको कार्यमा अगाडि वढी रहेको बताए । आउदा दिनमा पनि यसलाइ निरन्तरता दिइने बताए । ‘संघ सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि वढी रहेको छ आउदा दिनमा पनि यसलाइ निरन्तरता दिने छ ’ उनले भने ।

सबैको सहयोगले नै जिल्लाको आर्थिक तथा अन्य विकासको काम अगाडि वढाउन सकिने उनले बताए । कार्यक्रममा सहभागिहरुलाइ धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्