बाग्मती प्रदेशको प्रमुख प्रतिपक्ष दलमा नेमकिपाको दाबी – Kanika Khabar
Friday, April 19Nepali News Portal

बाग्मती प्रदेशको प्रमुख प्रतिपक्ष दलमा नेमकिपाको दाबी

    मा प्रकाशित

काठमाडौँ, २४ माघ ।
बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै नेमकिपाले सभामुखलाई पत्र बुझाएको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेश सभामुख भुवन कुमार पाठकलाई पत्र बुझाउनुभएको हो ।

नेमकिपाले गत माघ ९ गते नै प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत माघ ३ गते सांसदबाट विश्वासको मत लिँदा नेमकिपा बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले पक्षमा मत दिएकाले आफू विपक्षी दल भएको दाबी नेमकिपाको छ । सरकारको विपक्षमा मतदान गर्ने एउटै मात्र दल नेमकिपा नै भएकाले सभामुखसमक्ष दाबी पेस गरेको नेमकिपाले जनाएको छ ।

बागमती प्रदेशको प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड १ बमोजिम बागमती प्रदेश सभामा विपक्षी दलको नेता चयन गर्ने कानुनी व्यवस्था अनुसार नेमकिपालाई विपक्षी दल घोषणा गर्नुपर्ने नेमकिपा सांसद गोसाईंको भनाइ छ । प्रदेशसभामा निर्वाचित नेमकिपा बाहेक सबै दल मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलहरू भएकोले आफ्नो पार्टीलाई विपक्षी दल र दलको नेता घोषणा गर्न माग गरेको गोसाईंको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्