त्रिशिद्धेश्वरी प्रालिले ल्यायो सुतेर यात्रा गर्न मिल्ने बस – Kanika Khabar
Thursday, March 28Nepali News Portal

त्रिशिद्धेश्वरी प्रालिले ल्यायो सुतेर यात्रा गर्न मिल्ने बस

    मा प्रकाशित
साबिक राप्ती अञ्चलमा यस्तो सुबिधा भएको बस भित्रिएको पहिलो पटक हो । नयाँ ल्याइएका एउटा बसको मूल्य ८० लाख बढी परेको कार्यक्रममा जानकारी दिइएको थियो । यी नयाँ बसहरु भारतवाट ल्याइएका हुन ।

यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दाङदेखि काठमाडौं रात्री सेवामा ‘स्लीपर एसी’ बस सञ्चालन गर्ने भएको छ ।

प्रालिले मंगलवार कार्यालयमै पत्रकार सम्मेलन गरि बुधबारदेखि नियमित रुपमा सेवा सञ्चालन गर्न लागेको बताएको छ ।

दाङदेखि काठमाडौंसम्म लामो यात्रामा जाने यात्रुहरुको सहजताका लागि रात्री सेवाका यात्रुले आरामदायी पूर्वक सुत्न मिल्ने सिट रहेका चार वटा एयर सस्पेन्सन स्लीपर बस सञ्चालन गर्न लागेको प्रालिका अध्यक्ष सुरेश हमालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

नयाँ बसमा ४० सिट छन । ती मध्ये ८ वटा सुतेर यात्रा गर्न मिल्ने र ३२ सिटहरु बसेर यात्रा गर्न मिल्ने रहेका छन । दाङदेखि काठमाडौंसम्म सिटमा बसेर यात्रा गर्नका लागि एउटा यात्रुले १ हजार ८ सय र सुतेर यात्रा गर्न चाहाने यात्रुले २ हजार रुपैंया भाडादर तय गरिएको अध्यक्ष हमालले बताए ।

अध्यक्ष हमालले यात्रुको सुबिधालाई मध्यनजर गर्दै क्रमिक रुपमा डिलक्स, एसी, ब्यू स्काइ, सेभेन स्टार पछि पछिल्लो समय सुतेर यात्रा गर्ने सुबिधा युक्त बसहरु ल्याएको बताएका थिए ।

उनले सेवा सुधारदै लगेको र भविश्यमा पनि यात्रुका गुणासो सम्बोधन गर्दैै थप सुधार्दै जाने प्रण गरेका थिए । छिट्टै अनलाइन टिकट बुकिङ खुल्ला गरिने उनले बताए ।

गाडी चालक,सहचालक र बसपार्कका टिकट काउन्टरहरुमा काम गर्ने कर्मचारीहरुको व्यवहार परिवर्तन गर्ने सवालमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता उनले जनाएका थिए ।

हमालले प्रत्येक महिनामा चालक र सहचालकहरुको स्वास्थ्य परिक्षण गर्ने आगामी योजना रहेको जानकारी दिएका थिए ।

२०४१ सालमा स्थापना भएको साबिक राप्ती अंचल सार्वजनिक बस ब्यबसायी समिति राज्यको पछिल्लो नीति अनुरुप प्रालिमा गएको हो । यो प्रालि संग हाल ५सय ६५ वटा बसहरु सञ्चालनमा रहेको र दुई हजारले रोजगारी पाइरहेको उनले बताए ।

मुलुकका बिभिन्न ५० जिल्ला र भारतको दिल्ली लगाएतका क्षेत्रमा यो प्रालिले बस संचालन गर्दै आएको छ । भौतिक पूर्वाधार र जग्गाको दृष्टिकोणले यो प्रालि नेपालकै सबै भन्दा धनी छ ।

कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीले कमाउने मात्रै भन्दापनि सेवा भावले सेवा संचालन गर्न सुझाएका थिए ।

कार्यक्रमलाई प्रालिका प्रशासनिक सचिव प्रकाश भट्ट, सञ्चालक समिति सदस्य नारायण प्रसाद न्यौपाने लगाएतले सम्बोधन गरेका थिए ।
पत्रकार सम्मेलनको सहजीकरण प्रालिका प्रेस सल्लाहाकार शरद रेग्मीले गरेका थिए ।

यो प्रालिले यातयात सेवा लगाएत सामाजिक कार्यहरुमा पनि रुचि राख्ने भएकाले दुर्घटना न्यूनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा विश्वकर्मा बाबाका मन्दिरहरु र प्रतिक्षालयहरु निमार्ण गरेको छ ।

प्रालि मार्फत सञ्चालन भएका गाडीहरुमा दृष्टिविहिन यात्रुहरुलाई निशुल्क र अगांग यात्रुहरुलाई ५० प्रतिशत सम्म छुट दिर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रालिले फागुन १२ र १३ गते दोश्रो अधिवेशन तथा चौथो साधारण सभा कार्यक्रम गर्दै छ । त्यस कार्यक्रमको उद्धघाटन नेपाल यातयात व्यवसायी राष्ट्रिय महासघंका केन्द्रिय अध्यक्ष बिजयकुमार स्वाँरले गर्ने तय भएको छ ।

उक्त दिन एक जना ब्यबसायीलाई गोला पर्थाबाट एउटा बस उपहार दिने अध्यक्ष हमालले जानकारी दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्