राप्ती साहित्य परिषद्ले प्रदेश स्तरीय गजल प्रतियोगिता गर्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

राप्ती साहित्य परिषद्ले प्रदेश स्तरीय गजल प्रतियोगिता गर्ने

    मा प्रकाशित

दाङ, १७ फागुन ।
राप्ती साहित्य परिषद्ले लुम्बिनी प्रदेश स्तरीय गजल प्रतियोगिता गर्ने भएकाे छ ।

परिषद्ले ४६ ओैँ स्थापना दिवस तथा २३ ओैँ साधारणसभाकाे अवसरमा गजल प्रतियोगिता गर्ने भएकाे हाे । गजल प्रतियोगितामा लुम्बिनी प्रदेशका स्रष्टाहरू सहभागी हुन सक्ने परिषदका अध्यक्ष टीकाराम उदासीले जानकारी दिएका छन् ।

परिषद्काे पछिल्लो सचिवालय बैठकले आगामी वैशाख मसान्तभित्र ४६ ओैँ स्थापना दिवस तथा २३ ओैँ साधारणसभा सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।

बैठकले स्थापना दिवसकाे अवसरमा स्रष्टा तथा कृति सम्मानका लागि प्रतिभा छनाैट समितिसमेत गठन गरेकाे छ । समितिकाे संयाेजकमा परिषद्का सल्लाहकार पुरूषाेत्तम खनाल रहेका छन् । त्यस्तै समितिकाे सदस्यमा सुशील गाैतम, खगराज न्याैपाने, कमलमणि देवकोटा र केशव थापा रहेका छन् ।

बैठकले परिषद्का शाखाहरूलाई यही चैत्र मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएकाे छ । साथै परिषद्ले रूकुम पश्चिमकाे शाखाकाे समयावधि एक वर्षका लागि थप गरी कार्य सञ्चालन गर्न पनि निर्देशन दिएकाे छ । यसका साथै बैठकले परिषद्का शाखाहरूले सम्बन्धित जिल्लामा २०७७ र २०७८ मा प्रकाशित भएका कृतिहरू केन्द्रीय परिषद्मा चैत्र मसान्तसम्म उपलब्ध गराउन अनुराेध गरेकाे छ ।

बैठक परिषद्का अध्यक्ष टीकाराम उदासीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । बैठकमा परिषद्का सल्लाहकार पुरूषाेत्तम खनाल, पद्मप्रसाद शर्मा, वरिष्ठ उपाध्यक्ष कमलमणि देवकाेटा, उपाध्यक्ष दीपक शर्मा समीर, काेषाध्यक्ष डा.खेमराज मल्ल, सदस्य खेमराज गाउँले, गाेपाल भुसाल अभिलाषी लगायतले धारणा राखेका थिए ।
बैठककाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्