पाँच दिने तालिमको समापन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पाँच दिने तालिमको समापन

    मा प्रकाशित

तुलसीपुर, २५ फागुन ।

शिक्षा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशको सहयोग, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको समन्वय तथा अपाङ्ग सेवा संघ तुलसीपुर दाङको आयोजनामा सञ्चालित अपाङ्गता भएका महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिमको समापन गरिएको छ ।

आयोजक संघकी अध्यक्ष देवा डाँगीको अध्यक्षता तथा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजयकुमार शर्माको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

समापन अवसरमा तालिका प्रमुख प्रशिक्षक राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार प्रतिमा शर्मा, सहभागीको तर्फबाट दुर्गा शर्मा, रमा चौधरी र गोमा खड्काले मन्तव्य राखेका थिए ।

प्रशिक्षक शर्माले तालिममा सिकेका कुराहरू व्यवहारमा लागू नगरे सिकाइको औचित्य नहुने भन्दै सिकाइलाई जीवनमा लागू गर्नुपर्ने बताइन् । सहभागीले यस्ता तालिमले महिलामा हुने हिंसा अन्त्यका लागि सहयोग गर्ने बताएका थिए ।

साथै तालिमले आफ्ना अधिकार र कर्तव्य, हिंसा अन्त्यका उपाय, बनेका विभिन्न ऐन, प्रजनन् स्वास्थ्यका बारेमा जानकारी दिएको पनि सहभागीले बताए । तालिममा अपाङ्गताको पहिचान, परिभाषा, परिचयपत्र, महिला हिंसाबाट बच्ने उपाय, अपाङ्गतासम्बन्धी ऐन, प्रजनन् स्वास्थ्य, लैङ्गिक समानता, आत्मरक्षाजस्ता विषयमा प्रशिक्षण गरिएको थियो ।

तालिमको प्रशिक्षकमा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार प्रतिमा शर्मा, तुलसीपुर उपमहानगरपलिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, बरिष्ठ अधिवक्ता मोहनप्रसाद धिताल, जनस्वास्थ्य निरीक्षक द्रोण वली, संघकी अध्यक्ष देवा डाँगी थिए । कार्यक्रमको सहजीकरण संघकी सचिव बसन्ती वलीले गरेकी थिइन् भने दोभासे योगमाया योगीले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्