नेपालद्वारा यूएई १ सय ७७ रनको विशाल अन्तरले पराजित – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपालद्वारा यूएई १ सय ७७ रनको विशाल अन्तरले पराजित

    मा प्रकाशित

दाङ, २८ फागुन ।
आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले यूएईलाई १ सय ७७ रनको विशाल अन्तरले पराजित गरेको छ ।

यस जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ७१ मा समेटियो । नेपालका लागि ललित राजवंशीले ५ विकेट लिए ।

त्यसैगरी, सन्दीप लामिछानेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बलमा ७७ रन बनाए । त्यसैगरी, आरिफ शेखले ५२ बलमा ४३ रन बनाए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्