मावि सौडियारको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निशान दाजु भट्टराई निर्वाचित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मावि सौडियारको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निशान दाजु भट्टराई निर्वाचित

    मा प्रकाशित

No description available.

घोराही, २९ फागुन।
तत्कालीन सौडियार गाविस हाल घोराही ७ सौडियारकै जेठो तथा पुरानो माध्यमिक विद्यालय मावि सौडियारको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाजसेवी तथा शिक्षाप्रेमी निशानदाजु भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

घोराही ७ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य खोपिराम चौधरीसहित ७ जना विद्यालय व्यवस्थापन समिति सदस्यहरुको आज विद्यालयको कार्यकक्षमा बसेको बैठकले बुद्विजस्वी तर्फवाट पुरुष सदस्यमा मनोनित गर्दै भट्टराईलाई अध्यक्षमा सर्वसहमतिमा चयन गरिएको हो ।

सामाजिक क्षेत्रमा क्रियाशील पत्रकार भट्टराई सोही विद्यालयका पुर्व विद्यार्थिसमेत हुन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा घोराही ७ सौडियारका लक्ष्मी विक, जवरपुरकी यमकला पुन मगर, धर्ना बसन्तापुरका भोजराज रावत, सौडियारका जिउधन चौधरी, वेलडाँडाकी पार्वती कुर्मी निर्विरोध चयन भएका छन् । नव निर्वाचित अध्यक्ष भट्टराईसहित सदस्यहरुलाई वडा अध्यक्ष चौधरी, विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, शिक्षकहरुले टिका,खादासहित फूल मालाले वधाई तथा शुभकामना दिएका थिए ।

नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराइले विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षक, अभिभावक र समाजका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउँदै विद्यालयलाई सबै हिसावले नमुना बनाउन सामुहिक रुपमा छलफल गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्