क्रिकेट मैदानमा प्रधानमन्त्री – Kanika Khabar
Thursday, April 25Nepali News Portal

क्रिकेट मैदानमा प्रधानमन्त्री

    मा प्रकाशित

काठमाडौँ, २ चैत्र ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्। उनले खेलाडीहरूसँग हात मिलाउँदै जितका लागि शुभकामना दिएका छन् ।

यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई जितको शुभकामना दिएका हुन् ।
नेपालले अहिले आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँग खेल्दैछ । टस हारेको नेपालले बलिङ गर्दैछ । लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ ।

यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ । सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्