लमही चेम्बरले गर्यो थापा र श्रेष्ठलाई स्वागत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लमही चेम्बरले गर्यो थापा र श्रेष्ठलाई स्वागत

    मा प्रकाशित

शिव राज खनाल
देउखुरी ३ चैत्र ।
भर्खरै सरुवा भएर लमहीमा आउनुभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनबहादुर थापाले उद्योग ब्यबसाय धरापमा रहेको अबस्थामा सबैको हातेमालो आबस्यक रहेको बताएका छन । दाङको लमहीमा लमही चेम्बर अफ कमर्शले गरेको स्वागत कार्यक्रममा बोल्दै थापाले उक्त कुरो बताएका हुन । ” अहिले देश भर उद्योग तथा ब्यबसायि हरु जर्जर अबस्थामा हुनुहुन्छ यस्लाइ चिर्न सरकार , कर्मचारी व्यावसायिहरुको सहकार्य आबस्यक छ”- थापाले भने ।
तेस्तै वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले लमहीकाे विकास र शान्ति सुरक्षा कायम गर्न आआफ्नो धर्म निर्बाह गरेमा आमनागरिकको सपना पूरा हुने बताए । ” प्रहरीले खासै गर्नु पर्ने केही छैन हामी मात्रै नागरिकको स्तरबाट प्रसासनिक ,बिकास र आम नागरिकले इमानदारी रुपमा आफ्नो धर्म निभाए पुग्छ – श्रेष्ठले भने
लमही चेम्बर अफ कमर्शका अध्यक्ष शितल भुसालकाे अध्यक्षले लमहीकाे विकास र शान्ति सुरक्षा कायम गर्न सहकार्य गर्नुपर्नेमा जाेड दिए ।
लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत थापा र वडा प्रहरी कार्यालय प्रमुख श्रेष्ठ हालै सरुवा भएर लमहीमा आएका हुन । लमही चेम्बर अफ कमर्शका उपाध्यक्ष शसिराम नेपालीकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण महासचिव केशवराज अधिकारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्