अस्ट्रेलियाको मेलबर्नमा फेरि बन्दाबन्दीको घोषणा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अस्ट्रेलियाको मेलबर्नमा फेरि बन्दाबन्दीको घोषणा

    मा प्रकाशित

कनिका डेस्क
असार १७, दाङ
कोरोना भाइरसको दोस्रो चरणको लहर सुरु भएको भन्दै अस्ट्रेलियाको मेलबर्नमा फेरि बन्दाबन्दीको घोषणा गरिएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबर्नमा कोरोना भाइरस महामारीको दोस्रो चरणको लहर सुरु भएको अस्ट्रेलियन सरकारको भनाइ छ । समाचार संस्था रोयटर्सका अनुसार, बन्दाबन्दी आजराति १२ बजेदेखि लागू हुनेछ ।

तीन लाख २० हजार जनसंख्या रहेको मेलबर्नमा चार साताका लागि लकडाउनको घोषणा गरिएको छ । अस्ट्रेलियन सरकारका अनुसार अस्ट्रेलियामा हालसम्म कोरोना भाइरसका कारण ७ हजार ९ सयभन्दा बढी मानिस सङक्रमित भएका छन् । जसमा एक सय चार जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्